१४ बैशाख २०८१, शुक्रबार

साथीदौतरीं शिक्षा तालिम



धनगढी । राष्ट्रिय प्रारम्भीक कक्षा पढाई कार्यक्रम अन्तर्गत अभिभावकहरूका लागि साथीदौतरी शिक्षा सम्बन्धी तालिम बिहीबार धनगढी–३ को जनता आधारभूत विद्यालयमा भएको छ । तालिम अभिभावकलाई घरमा पढाई वातावरणलाई प्रवद्र्धन गर्न र नियमित विद्यालय भ्रमण गरी आप्mना बालबालिकाको सिकाइ उपलब्धि जानकारी हासिल गर्न शिक्षकले विद्यार्थी केन्द्रित शिक्षण सिकाइ प्रवद्र्धन गर्ने संस्कृति विकासका लागि सान्दर्भिक औजार प्रयोग गरी अभिभावक तथा शिक्षकबीच नियमित छलफल गर्न सहयोगको वातावरण बनाउन सो तालिम सञ्चालन गरिएको जनाइएको छ ।
तालिमको धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले उद्घाटन गरेका थिए ।
तालिम उद्घाटन कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का कार्यबाहक अध्यक्ष नारायणप्रसाद पाण्डेय, जनता आधारभूत विद्यालयका प्रधानाध्यापक धनबहादुर सिंह, प्रारम्भिक कक्षा पढाई कार्यक्रम कैलालीका जिल्ला संयोजक उषा जोशी, प्रारम्भिक कक्षा पढाई शिक्षक रिता चन्द लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर तोलांगीको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार