१४ बैशाख २०८१, शुक्रबार

गणेशमान सिंह स्मृति बक्सिङ प्रतियोगिता शुरु



धनगढी । वीर गणेशमान सिंह स्मृति बक्सिङ प्रदेश स्तरीय छनोट प्रतियोगिता बिहीबारदेखि धनगढीमा शुरु भएको छ ।
प्रतियोगिताको एक कार्यक्रमबीच पूर्व उपप्रधानमन्त्री तथा नेपाली का“ग्रेसका नेता प्रकाशमानसिंहले उद्घाटन गरे । गणेशमान सिंह फाउण्डेसन र राष्ट्रिय खेलकुद परिषदको आयोजनामा शुरु भएको प्रदेशस्तरीय छनोट प्रतियोगितामा तीन प्रदेश नम्बर ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक सय बढी बक्सिङ खेलाडीको सहभागिता रहेको छ ।
“नेपालमा पुरानो मध्येको एक बक्सिङ खेलको विकास तथा दुरदराजमा रहेका प्रतिभाको खोजीका लागि जिल्ला, प्रदेश हु“दै राष्ट्रिय स्तरको बक्सिङ प्रतियोगिता आयोजना गरिएको हो” उद्घाटनका क्रममा फाउण्डेशनका अध्यक्ष समेत रहेका नेता प्रकाशमानले भने– “नेपाली प्रजातान्त्रिक आन्दोलनका शीर्ष व्यक्तित्व गणेशमान सिंहले बिक्रमसम्वत १९९७ सालतिर नै बक्सिङ खेलको विकासका लागि भूमिका निर्वाह गर्नुभएको थियो ।” तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा प्रत्येक प्रदेशबाट १४ जना महिला र पुरुष खेलाडी छनोट हुने आयोजकले जनाएको छ ।
आयोजक समितिका अनुसार धनगढी छनोटबाट तीन प्रदेशका ४२ जना खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट हुने छन् ।
आयोजक समिति संयोजक राजिव श्रेष्ठले प्रदेश नम्बर १ को बिराटनगर, प्रदेश २ र ३ को काठमाडौं र प्रदेश ४ को पोखरामा छनौट प्रतियोगिता भइसकेको बताए । उनलका अनुसार माघ २२ देखि २६ गतेसम्म काठमाडौंमा राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन हुने छ ।
राष्ट्रिय प्रतियोगितामा सात वटै प्रदेशका खेलाडी र तीन वटा विभागीय टीमको सहभागीता रहने छ । प्रतियोगितामा पुरुषतर्फ आठ तौल समूह तथा महिलातर्फ छ वटा तौल समूहका खेल हुने छन् ।
उद्घाटन समारोहमा नेपाली का“ग्रेसका केन्द्रीय नेताहरू हृदयराम थामी, शिवराज जोशी, दिलेन्द्रप्रसाद बडू, सुनीलकुमार भण्डारी, सञ्जय गौतम, पुष्करनाथ ओझा, नेपाली का“ग्रेस कैलालीका सभापति नरनारायण शाह, धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वड लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम प्रदेश प्रतियोगिता संयोजक बब्लुकुमार चौधरीको अध्यक्षतामा भएको थियो ।

पहिलो दिनको खेल नतिजा
वीर गणेशमान सिंह प्रदेश स्तरीय छनोट बक्सिङ प्रतियोगिताको बिहीबार भएका खेलमा पुरुष ५२ केजी समूहमा दाङका पवन विकले बाँकेका सुनिलराज बडैलाई पराजित गरे । त्यस्तै, रोल्पाका समिर चौधरीले पाल्पाका दिलबहादुर आलेलाई तथा डडेल्धुराका भुवन बिष्टले बाजुराका बिक्रम नेपालीलाई हराए ।
त्यस्तै, बझाङका निर्मल सुवेदीले कञ्चनपुरका उत्तम चन्दलाई हराए भने पश्चिम रुकुमका जीवनकुमार पुनले जुम्लाका सुधन भण्डारीलाई पराजित गरे । भने कैलालीका आशिष बिष्टले बझाङका धनराज रोकायालाई हराए ।
त्यस्तै, पुरुष ५६ केजी समूहमा रोल्पाका रामप्रसाद पुनमगरले पुर्व रुकुमका निसम जिएमलाई हराए भने दाङका चन्द्रज्योति थापाले रुपन्देहीका अमन श्रेष्ठ तथा बा“केका नविन घर्तिले प्युठानका सुरजबहादुर पुनमगरलाई पराजित गरे ।
त्यस्तै, पुरुष ६० केजी समूहमा पूर्व रुकु्मका अनिलकुमार पुनमगरले पाल्पाका पिताम्बर सिजालीलाई तथा कपिलवस्तुका अमरबहादुर थापाले रुपन्देहीका सुशान्त बगालेमगरलाई हराए ।
त्यस्तै, पु्रुष ६४ केजी तौल समूहमा बाँकेका बिशाल रेग्मीले पुर्व रुकुमका मेगराज डांगीलाई तथा रोल्पाका विपिन रोक्कामगरले प्युठानका चेतलाल कुँवर क्षेत्रीलाई पराजित गरे ।
त्यस्तै, ६९ केजी तौल समूहमा रोल्पाका अर्जुन पुनमगरले कपिलवस्तुका सागर शाहीलाई हराए । भने ४९ केजी तौल समूहमा डडेल्धुराका सुरज बमले बाजुराका बिक्रम नेपालीलाई पराजित गरे ।

सम्बन्धित समाचार

आजदेखि वीर गणेशमान बक्सिङ

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार