१४ बैशाख २०८१, शुक्रबार

सुदूरपश्चिम खप्तड गोल्डकप : नेपाल पुलिस क्लवको सहज जीत



धनगढी । तीर्थ रानाको ह्याट्रिक सहितको उत्कृष्ट खेल प्रदर्शनसँगै नेपाल पुलिस क्लवले धनगढीमा जारी तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको बुधबारको खेल सहज रूपमा जीतेको छ । शुरुदेखि नै खेलमा नियन्त्रण राखेको नेपाल पुलिस क्लवले मोरङ–११ लाई ३–० गोल अन्तरले पराजित ग¥यो ।
खेलको सातौं मिनेटमै नेपाल पुलिसले गोल गर्दै अग्रता लियो । नेपाल पुलिसका तीर्थले पेनाल्टी क्षेत्रभित्रबाट प्रहार गर्दै पहिलो गोल गरे ।
खेलको म्यान अफ द म्याच समेत बनेका तीर्थले ३५ औं मिनेटमा अर्को गोल थपे । उनले अभिषेक रिजालको उत्कृष्ट मुभ गर्दै अघि बढाउँदै पेनाल्टी क्षेत्रमा दिएको पासलाई तीर्थले हेडर गोल गरे ।
२–० गोलले अग्रता लिएको नेपाल पुलिस क्लवले दोस्रो हाफमा पनि आक्रमक खेल जारी राख्यो । दोस्रो हाफको इन्जुरी टाइमममा पुनः अभिषेकको पासमा तीर्थले तेस्रो गोल गर्दै ह्याट्रिक गरे ।
खेलमा मोरङ–११ का खेलाडीले धेरै पटक गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेन ।
पुलिसले आउदो आइतबार क्वाटरफाइनलमा मनाङमस्र्याङ्गदीसँग प्रतिस्पर्धा गर्ने छ । भोलि (बिहीबार) भ्याली च्यासल युवा क्लव र भारतको दिल्ली युनाइटेडबीच खेल हुने छ ।

सम्बन्धित समाचार

सुदूरपश्चिम गोल्डकप शुरु : काकरभिट्टाद्वारा सुदूरपश्चिम–११ पराजित

सुदूरपश्चिम गोल्डकप शुरु : प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको खेल मैदान– मुख्यमन्त्री भट्ट

खप्तडगोल्ड कपको उद्घाटन मुख्यमन्त्रीले गर्ने

आजदेखि सुदूरपश्चिम गोल्डकप (खेलतालिका सहित)

खप्तड गोल्डकपको तयारी पुरा

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार