२२ बैशाख २०८१, शनिबार

छाउगाेठमा दुर्इ छाेरासहित अामाकाे मृत्यु



धनगढी । बाजुराको बुढीनन्दा नगरपालिका–९ अगाउँपानीमा छाउगोठमा आगलागी हुँदा २ छोरासहित आमाको जलेर मृत्यु भएको छ ।

बाजुराका प्रमुख जिल्ला अधिकारी चेतराज बरालले ३५ वर्षीया अम्बा बोहरा र उनका छोराहरू ९ सुरेश र ७ वर्षीय रमितको मृत्यु भएको जनाए । उनले स्थानीय प्रहरी र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल तर्फ पठाइएको बताए । उनले बिहान आगलागी हुँदा निस्सासिएर मृत्यु भएको खबर आएको बताए । प्रहरी टोली घटना स्थल नपुगेकाले पुष्टी हुन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी बरालले बताए ।

घरको छेउमै बनाइएको छाउगोठभित्र उनीहरुको मृत्यु भएको स्थानीयले बताएका छन् । विहान अबेरसम्म बाहिर नआएपछि सोधिखोजी गर्ने क्रममा गोठभित्र हेर्दा उनीहरु मृत अवस्थामा भेटिएका बुढीनन्दा नगरपालिकाकी उपमेयर सृष्टि रेग्मीले बताइन् । घटनास्थल सदुमुकाम मार्तडी र कोल्टीको बीचमा पर्दछ । घटनास्थल मार्तडीदेखि ५ घण्टाको पैदल दुरीमा पर्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार