१४ बैशाख २०८१, शुक्रबार

सुदूरपश्चिम गोल्डकप शुरु : काकरभिट्टाद्वारा सुदूरपश्चिम–११ पराजित



धनगढी । गोलरक्षक दीप कार्कीको उत्कृष्ट खेल प्रदर्शनसँगै मेची नेत्रालय काकरभिट्टा ट्रेनिङ सेन्टर टिमले मंगलबारबाट शुरु भएको तेस्रो नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपमा विजयी शुरुवात गरेको छ ।
सुदूरपश्चिम खप्तड गोल्डकप, २०७५ को उद्घाटन खेलमा ‘सडन डेथ’ मा आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लव मेची नेत्रालय काकरभिट्टाद्वारा ७–६ गोल मन्तरले पराजित भयो । निर्धारित समयमा खेल गोलरहित बराबरीमा टुंगिएपछि खेल सडन डेथबाट टुंग्याइएको थियो ।
खेलको अधिकांस समय आयोजक सुदूरपश्चिम–११ ले आक्रामक खेल प्रदर्शन गरेको थियो । तर, सुदूरपश्चिम–११ को प्रत्येक प्रहारलाई खेलका म्यानअ अफ द म्याच समेत घोषित मेची नेत्रालय, काकरभिट्टाका गोलरक्षक दीपले असफल बनाएका थिए । उनले पहिलो हाफ कुनै पनि टोलीबाट गोल हुन सकेन ।
खेलको दोस्रो हाफमा पनि सुदूरपश्चिम–११ स्पोर्ट्स क्लवको आक्रमण जारी रह्यो । तर, मेची नेत्रालयको उत्कृष्ट गोलरक्षण तथा डिफेन्सका कारण गोल हुनसकेन ।
सडन डेथमा लावल ओलाकानको प्रहार बाहिरिएपछि काकरभिट्टाको जीत सहज बनेको थियो । यसअघि सुदूरपश्चिम–११ स्पोर्ट्स क्लवका माधव भण्डारी तथा राकेश हमालको प्रहारलाई मेची नेत्रालयका दीपले बचाउ गर्दै आफ्नो टिमको जीतको सम्भावना बढाएका थिए ।
सुदूरपश्चिम–११ स्पोर्ट्स क्लवका तर्फबाट अब्दुल रहमान, नरेन्द्र चौधरी, विजय ठकुरी, विनोद केसी, फिलिम तामाङ र चेतनकुमार थारूले गोल गरेका थिए ।
काकरभिट्टाका तर्फबाट भूषण लिम्बू, अजित गुरुङ, विश्वास श्रेष्ठ, दीप कार्की, निशान लिम्बू, विकास राई र विशाल राईले गोल गरेका थिए ।
उद्घाटन खेलको म्यान अफ द म्याच बन्दै काकरभिट्टाका गोलरक्षक दीपले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत भोलि (बुधबार) नेपाल पुलिस क्लव र मोरङ–११ बीच खेल हुने छ ।

सम्बन्धित समाचार

सुदूरपश्चिम गोल्डकप शुरु : प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको खेल मैदान– मुख्यमन्त्री भट्ट

खप्तडगोल्ड कपको उद्घाटन मुख्यमन्त्रीले गर्ने

आजदेखि सुदूरपश्चिम गोल्डकप (खेलतालिका सहित)

खप्तड गोल्डकपको तयारी पुरा

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार