१५ बैशाख २०८१, शनिबार

नेविसंघको चुनावमा भोट हाल्न आएका विद्यार्थी अनेरास्ववियुमा प्रवेश



बैतडी । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को जिल्ला चुनावमा मत खसाल्न आएका प्रतिनिधिहरूले अनेरास्ववियु प्रवेश गरेका छन् । शनिवार पुर्व एमाले पार्टी कार्यालयमा रौलेश्वर माविका एकाई अध्यक्ष गोपाल बानियाको नेतृत्वमा नेविसंघको चुनावमा भोट हाल्न आएका २५ जना प्रतिनिधिले अनेरास्ववियु प्रवेश गरेका हुन् ।
विद्यद्यार्थीहरूको हकहितमा काम गर्ने कुनै योजना नल्याएको र तीन दिनसम्म सदरमुकाम राखेर आफूहरूलाई अलपत्र छाडेको भन्दै उनीहरूले अनेरास्ववियु प्रवेश गरेका हुन् । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई गाउँबाट बोलाएर बस्न खानको समेत व्यवस्था नगरेको उनीहरुको आरोप छ । साथै उनीहरूले अहिले चलिरहेको चुनावमा पनि कुनै एजेण्डा उठाउन नसकेको आरोप लगाएका छन् ।
पार्टीमा देखिएको व्यक्तिवादी गुट राजनीतिले आफूहरू विच्छिप्त भएको असन्तुष्ट प्रतिनिधि गणेश बानियाले बताए । धनी र माफियाका छोरा–छोरीहरुका लागि खान र बस्नको व्यवस्था गरिएको भएपनि गाउँबाट आएका गरिब विद्यार्थीहरूलाई अपमान गरेकाले आफूहरू नेविसंघ छोड्न बाध्य भएको उनीहरुले बताए ।
नवप्रवेशीहरूलाई अनेरास्ववियुका जिल्ला अध्यक्ष भुवन कार्की लगायतले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार