१५ बैशाख २०८१, शनिबार

बेमौसमी तरकारी खेती तालिम



बौनिया । बर्दगोरिया गाउँपालिका, बौनियामा बिहीबार बेमौसमी तरकारी खेती सम्बन्धी अगुवा कृषक तालिम भएको छ ।
बर्दगोरिया गाउँपालिका कृषि शाखाको आयोजनामा भएको तालिममा लहरे तरकारी सम्बन्धी प्रशिक्षण दिइएको थियो । तालिममा गाउँपालिका भित्रका ३० जना कृषकहरूको सहभागिता रहेको थियो ।
तालिममा काक्रा खेती, फर्सी खेती तथा च्याउ खेतीबारे प्रशिक्षण दिइएको कृषि शाखा प्रमुख दुर्गाप्रसाद ओझाले जानकारी दिए । तालिममा काक्रामा लाग्ने रोग तथा किराबारे पनि जानकारी दिइएको थियो । त्यस्तै, फर्सीमा लाग्ने रोग, बोडी लगाउने तरिकाबारे प्रशिक्षण दिइएको कृषि शाखाका प्राविधिक रमेश देवकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार