१४ बैशाख २०८१, शुक्रबार

धनगढी विमानस्थल पुनः सञ्चालन



धनगढी । धावनमार्ग मर्मतका लागि बन्द गरिएको सुदूरपश्चिम प्रदेशका सबैभन्दा ठूलो र व्यस्त धनगढी विमानस्थल आठ दिनपछि सूचारु भएको छ ।
धावनमार्ग मर्मत कार्य सम्पन्न भएपछि विमानस्थल नियमितमा सुचारु भएको र नियमित रुपमा उडान भर्न थालिएको विमानस्थल प्रशासनले जनाएको हो । धनगढी नागरिक उड्डयन कार्यालयका प्रमुख तेजबहादुर बुढथापाले मर्मत सकिएपछि बुधबारबाट पूर्ववत् रुपमा उडान भइरहेको जनाए ।

फाइल तस्बिर

उनका अनुसार विमानस्थलको कुल लम्बाईको दुई सय ५० मिटर धावनमार्ग मर्मत गरिएको छ । प्रमुख बुढथापाले पुस १० गतेदेखि १७ गतेसम्म बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म विमानस्थल बन्द गरी धावनमार्ग बन्द गरेको बताए ।
धनगढीमा काठमाडौंबाट बुद्ध र श्री एयरलाइन्सले बिहान र साँझ गरेर दैनिक दुई÷दुई वटा र नेपाल एयरलाइन्सले दैनिक एक उडान भर्दै आएका छन् ।
काठमाडौं–धनगढी–काठमाडौं रुटको हवाई उडानबाट दैनिक करिब सात सय जनाले सेवा पाइरहेका छन् ।
धनगढी विमानस्थल राजधानी काठमाडौंसँग सुदूरपश्चिम प्रदेशलाई हवाई यातायातमार्फत जोड्ने प्रमुख विमानस्थल हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार