१५ बैशाख २०८१, शनिबार

महिलाका लागि आधारभूत तालिम



कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा मंगलबारदेखि महिलाका लागि आधारभूत तालिम सञ्चालन भएको छ ।
बेलडाँडी गाउँपालिकाको आर्थिक सहयोगमा महिला तथा बालबालिका शाखाको आयोजनामा सो तालिम सञ्चालन भएको महिला तथा बालबालिका शाखा प्रमुख कमला जोशीले जानकारी दिइन् । तालिममा गाउँपालिकाका प्रत्येक वडाका पाँच जनासहित ३० जना महिलाको सहभागिता रहेको छ ।
तालिममा महिलामा शैक्षिक जागरण तथा फजुल खर्च कटौती गर्ने तथा वचत गर्ने बानीको विकास, लैंगिक हिंसा न्यूनीकरण, आदि पक्षमा प्रशिक्षण दिइने छ ।
तालिमको बेलडाँडी गाउँपालिका अध्यक्ष धनबहादुर थापाले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार