१४ बैशाख २०८१, शुक्रबार

रुस्लान डिपिएल सर्‍यो



धनगढी । नेपाल र युएईबीचको एक दिवसीय क्रिकेट (वान डे) तथा टि–२० खेलका कारण रुस्लान डिपिएल सञ्चालनको मितिमा परिवर्तन गरिएको छ ।
रुस्लान डिपिएलको आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसिए) ले आगामी माघ १९ गतेदेखि फागुन ४ गतेसम्म खेल आयोजना हुने समय तालिका यसअघि नै सार्वजनिक गरेको थियो ।
डिसिएद्वारा मंगलबार प्रकाशित विज्ञप्तिमा रुस्लान डिपिएल सञ्चालन हुने समयमा नै नेपाल र युएईबीच एक दिवसीय तथा टि–२० खेलहरू हुने भएकाले डिपिएल एक सातापछि सारिएको उल्लेख छ ।
डिसिएका अध्यक्ष सुवास शाहीद्वारा जारी विज्ञप्तिमा आगामी सन् २०१९ को जनवरीको अन्तिम सातादेखि फेब्रुअरीको पहिलो सातासम्म नेपाल र युएईबीच एक दिवसीए तथा टि–२० शृंखला हुन गइरहेको छ ।
नेपालले आइसीसीबाट एक दिवसीय खेल्ने मान्यता पाएपछि नेपालले युएईसँग पहिलो पटक एक दिवसीय खेल खेलिरहेको छ ।
अब यस पटकको रुस्लान डिपिएल माघ २६ गतेदेखि फागुन ११ गतेसम्म चल्ने जनाइएको छ । भने अनलाइन फार्म भर्ने समय पनि एक हप्ताका लागि बढाएर पुस १७ गतेसम्म थपिएको छ । त्यस्तै, पुस १२ गते गर्ने भनिएको खेलाडी छनोट (अक्सन) अब पुस १९ गते गरिने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार