१५ बैशाख २०८१, शनिबार

जाखोर ताल सरसफाई अभियान तीब्र बन्दै



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको जाखोर तालमा फैलिएको जलकुम्भी हटाउने कार्य तीब्र बनेको छ ।
तालको जलकुम्भी हटाउने अभियानमा शनिबार गैरसरकारी संस्था महासंघ, सञ्चारकर्मी तथा उल्लेख्य संख्यामा स्थानीय सहभागी भए ।
“धनगढीमा रहेका सामाजिक संघ संस्थाहरू पनि यस अभियानमा जोडिएका छन्” नगर प्रमुख नृपबहादुर वडले भने– “यो अभियानमा सहभागी हुनेहरूको दायरा फराकिलो बनाउदै लगेका छौं ।”

फाइल तस्बिर

धनगढी उपमहानगरपालिकाको समन्वयका आधारमा नै आफूहरू यस अभियानमा जोडिएको गैरसरकारी संस्था महासंघ कैलालीका अध्यक्ष हेमकर्ण विकले बताए ।
धनगढी उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत टंक बिष्टले जिल्लाका सामाजिक संघ संस्था, क्लव, खेलाडीहरूसँग पनि जलकुम्भी हटाउनका लागि समन्वय गर्दै जाने बताए ।
जाखोर ताल धनगढी उपमहानगरपालीकाको मुख्य पर्यटकिय स्थल हो । तत्कालिन धनगढी नगरपालिकाले २०५४ सालमा जिल्ला वनस्पति कार्यालयलाई स्वामित्व हस्तान्तरण गरेको वडा नम्बर ७ का अध्यक्ष सीताराम रानाले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार