१४ बैशाख २०८१, शुक्रबार

वाई वाई डबल धमाका पुरस्कार खोलियो (विजेताको सूचिसहित)



धनगढी । चौधरी ग्रुपको उत्पादन वाई वाई चाउ चाउको ‘वाई वाई डबल धमाका’ अन्तरगत सेती अञ्चलको पुरस्कार कुपन बिहिबार धनगढीमा खोलिएको छ ।
वाई वाई डबल धमाकाको प्रथम पुरस्कार एक सय सिसिको हिरो डिलक्स मोटरसाइकल बाजुराको मार्तडीका हस्तबहादुर मल्लले जितेका छन् । दोस्रो पुरस्कार ४३ इञ्चको एलजि स्मार्ट टिभी बाजुराकै बलबहादुर थपा र डोटीका उदयसिंह खड्काले जितेका छन् ।

तेस्रो पुरस्कार ३२ इञ्चको एलजि एलइडी स्मार्ट टिभी डोटीका उदयसिंह खड्का, टीकापुरको ईन्टर प्राईजेज र डोटीको शिवओम टे«डर्सले जितेका छन् । चौथो पुरस्कार १९० लिटरको एलजि फ्रिज धनगढीको निलम किराना पसल, हेमन्त जनरल स्टोर, अम्बीका ट्रेड एण्ड सप्लायर्स र मनिषा जनरल स्टोरले जितेका छन् ।
पाँचौ पुरस्कार स्यामसुङ स्मार्ट फोन धनगढीका पूर्णागिरी किराना, लम्कीको युवक टे«डर्स, अछामको गंगाराम बोगटी, भीम कुँवर, बाजुराका घुम्ना शाही मल्लले जितेका छन् । छैठौं पुरस्कार एक हजार रुपैयाँ सत्तीको पवित्रा किराना पसल (दुई वटा कुपनबाट जितेको), धनगढीको ऋचा किसाना पसल, न्यु आयुष किराना, बाजुराको रामचन्द्र पनेरु, कमल केसी, रमेशप्रसाद पनेरु, हेमराज उपाध्याय, टीकापुरको विष्ट किराना पसल र अछामका प्रविन बोगटीले जितेका छन् ।
वाई वाई चाउचाउको १० पेटी एकै पटक खरिद गरे वाफत खुद्रा किसाना पसलहरुलाई ग्रुपले एउटा कुपन उपलब्ध गराएको थियो । कैलाली धनगढीको ६२५, लम्की–टीकापुरको ४५० र पहाडी जिल्ला अछाम, डोटी र बाजुराको ७५० गरी १७७५ वटा कुपनलाई निरन्तर तानेर पुरस्कार विजेता घोषणा गरिएको हो ।
कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष गोपाल हमाल प्रमुख अतिथि थिए भने किराना व्यवसायी संघका अध्यक्ष लक्ष्मण पन्त विशिष्ट अतिथि थिए । कार्यक्रम सिजि फुटका बरिष्ठ व्यवस्थापक सुरेन्द्र खनालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार