२३ बैशाख २०८१, आईतवार

जेटीकप क्रिकेट : आज क्वाटरफाइनलका दुई खेल हुने



बौनिया । जेटीकप क्रिकेट प्रतियोगितामा आज क्वाटरफाइनलका दुई खेल हुने भएका छन् ।
प्रतियोगिताको पहिलो क्वाटरफाइनलमा समूह ‘ए’ को बिजेता नमुना लम्की र समूह ‘सी’ को उपविजेता कालिका मावि नौनिया बीच हुने छ । यो क्वाटरफाइनलको बिजेता सेमिफाइनलमा प्रवेश गर्ने छ ।
यसैगरी, प्रतियोगिताको अर्को क्वाटरफाइनल खेलमा समूह ‘बी’ को विजेता उज्यालो शिक्षा सदन लम्कीका विरुद्ध पानसदीप लम्की प्रतिस्पर्धा गर्ने भएका छन् ।
समूह ‘ए’ बाट नमुना मावि लम्की र नवबालबाटिका क्वाटरफाइनलमा प्रवेश गरी सकेका छन् । समूह ‘बी’ बाट उज्यालो शिक्षासदन लम्की र ब्राइटफ्युचर प्रवेश गरेको छ । यसैगरी, समूह ‘सी’ बाट कालिका मावि बौनिया र जनजागृति चौरी रहेका छन् । समूह ‘डी’ बाट गत वर्षको विजेता आरएमई टीकापुर र पानसदीप लम्की पनि क्वाटर फाइनलमा पुगिसकेका छन् ।
प्रतियोगिताको विजेताले नगद ६१ हजार १ सय ११ र उपविजेताले नगद ३१ हजार १ सय ११ मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छ । मंसिर १ गतेबाट सुरु भएको प्रतियोगिता १५ गते समापन हुने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार