१४ बैशाख २०८१, शुक्रबार

जेटीकप क्रिकेट : सफल सुदूरपश्चिम, आरएमई र बालवाटिका विजयी



बौनिया । जेटीकप क्रिकेट प्रतियोगितामा शनिबारको खेलमा सफल सुदूरपश्चिम लम्की, आरएमई र बालवाटिका विजयी भएका छन् ।
शनिबार भएको पहिलो खेलमा सर्वोदयलाई २८ रनले पराजित गर्दै सफल सुदूरपश्चिम विजयी भयो । टस जितेर पहिले ब्याटिङ गरेको सफल सुदूरपश्चिम लम्कीले निर्धा्िरत १२ ओभरमा ५ विकेट गुमाउदै १०० रन बनाएको थियो ।
यसैगरी, अर्काे खेलमा आरएमई टीकापुर ४ विकेटले विजयी भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको वसन्त मुरारीले १५ ओभरमा सबै विकेट गुमाउँदै ७६ रन बनाउन सफल भएको थियो ।
बसन्त मुरारीका हिमाल बिकले १४ बलमा १५ रनको योगदान गरेका थिए । आरएमईका विवेक न्यौपानेले ३ ओभरमा ८ रन खर्चिदै २ विकेट लिएका थिए ।
७७ रनको लक्ष्य लिएर मैदानमा आएको आरएमईले १४ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य चुम्न सफल भएको थियो ।
यस्तै, अन्तिम खेलमा बालबाटिका ३२ रनले विजयी भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको बालवाटिकाले निर्धाति १५ ओभर खेल्दै २ विकेटको क्षतिमा १२१ रन बनाउन सफल भएको थियो ।
प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद ६१ हजार १ सय ११ र उपविजेताले नगद ३१ हजार १ सय ११ मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगिताको आज (आइतबार) ब्राईट फ्युचरका बिरुद्ध गुरुकुल लम्की र जनजागृतिका विरुद्ध कालिकामावि भिड्ने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार