१५ बैशाख २०८१, शनिबार

लवांगी पूजाको तयारी



सुखड । कैलालीको घोडाघोडी मन्दिर परिसरमा आयोजना हुने लवांगी पूजा तथा घोरीघोरा महोत्सव २०७५ को तयारी सुरु भएको छ ।
विश्व रामसार सूचीमा सूचीकृत घोरीघोरा मन्दिरमा सामुहिक रूपमा मनाइने लवांगी पूजा तथा घोरीघोरा महोत्सवको तयारी तीब्र पारिएको आयोजक घोडाघोडी सांस्कृतिक तथा संरक्षण समाजका सचिव जुगराम चौधरीले बताए ।
उनले यस वर्ष घोडाघोडी मन्दिर परिसरमा मंसिर २४ गतेदेखि २६ गतेसम्म लवांगी पूजा तथा घोराघोरी महोत्सव सञ्चालन हुने जानकारी दिए ।
थारू समुदायको परम्परा अनुसार सामुहिक रूपमा कुल देउतालाई वर्षभरीको कृषि उत्पादन चढाएर मात्र नयाँ अन्न खाने प्रचलन रहिआएको छ ।
लवांगी पूजा तथा घोरीघोरा महोत्सवमा थारू समुदायको गुरुवाहरूद्वारा नाचिने बर्का नाच, महिलाहरूको सखिया नाच, लाठी नाच, झुम्रा नाच, दिन नचुवा नाच, धमार, मांगर आदिको प्रस्तुति रहने आयोजकले जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार