१४ बैशाख २०८१, शुक्रबार

आफ्नो बायोपिकमा सन्नी लियोनी आफैं नायिका



पोर्न फिल्मको पृष्ठभूमि भएकी बलिउड अभिनेत्री सन्नी लियोनीको बायोपिक वेब सिरिजको ट्रृेलर सार्वजनिक भएको छ । यो बायोपिकमा आफ्नो भूमिका सन्नी आफैंले निभाएकी छन् ।
बायोपिकको नाम रहेको छ, ‘करणजित कौरः एन अनटोल्ड स्टोरी अफ सन्नी लियोनी ।’ सन्नीको वास्तविक नाम करणजित कौर हो ।
सार्वजनिक भएको ट्रेलरमा सन्नीको बाल्यकालदेखि बलिउडको यात्रासम्मका झलक समेटिएको छ । सन्नी परिवार विपन्न थियो । उनका बाबु चाहन्थे कि सन्नीले आफ्नो खर्च आफैं जुटाउन् । उनले सानोमा पत्रिका बेच्ने काम पनि गरेकी थिइन् ।
सन्नी पोर्न इन्डष्ट्रीमा कसरी आइन् भन्ने कथा पनि यो बायोपिकले बताउँछ । त्यसैगरी बिग बोसमा भाग लिएर बलिउडमा इन्ट्री गर्दासम्मको कथा यसमा समेटिएको छ ।
यो वेब सिरिजको पहिलो सिजन जि ५ एपमा जुलाई १६ देखि प्रशारण हुने छ । यसको निर्देशन आदित्य दत्तले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार