१४ बैशाख २०८१, शुक्रबार

स्वस्तिमाको फन्नी पोज



आफ्नो विन्दास र चुलबुले छविका कारण नायिका स्वस्तिमा खड्का चलचित्रकर्मी र पत्रकारमाझ भिजेकी छिन् । चलचित्रमा समेत राम्रो काम गर्ने स्वस्तिमा सबैसँग राम्रो सम्बन्ध गाँस्ने बाटोमा छिन् । यसैले पनि अहिले उनलाई चलचित्रको अफर धेरै आउन थालेको छ ।
स्वस्तिमा क्यामेराको अगाडि आफूलाई विन्दास रुपमा प्रस्तुत गर्छिन् । जसलेगर्दा, चुलबुले स्वस्तिमाका रमाइला तस्बिरहरु क्यामेरामा कैद हुन्छन् ।
बिहिबार बेलुकी आयोजना भएको एक कार्यक्रममा पुगेकी नायिका स्वस्तिमा खड्काले क्यामेराको अगाडि विभिन्न पोज मात्र दिइनन् । क्यामेरामैत्री स्वस्तिमा फन्नी पोज दिएर तस्बिर खिचाउन मस्त देखिइन् ।
स्वस्तिमा अहिले झनै दुब्लाएकी छिन् । उनको दुब्लो शरीरलाई मेन्टेन गरेको भन्न सकिएला । आकर्षक पहिरनमा पुगेकी ‘बुलबुल’ गलको फन्नी पोज साच्चै गज्जबको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार