१४ बैशाख २०८१, शुक्रबार

मुस्ताङका पूर्वराजाको मृत्यु



पुस १, २०७३- मुस्ताङका पूर्वराजा झिग्मी पलबर विष्टको ८६ बर्षको उमेरमा काठमाडौंको ओम अस्पतालमा बिहीबार १ बजे मृत्यु भएको छ । उनी उपल्लो मुस्16122016024934former-king_of_mustang-1000x0ताङका २५ औं राजा थिए ।

२०२६ सालदेखि उनि मुस्ताङको राजा थिए । राजाको भूमिकामा जिम्मेवारी सम्हालेका उनले मुस्ताङमा धेरै सामाजिक काम गरेका छन् । ०६३ मा राजतन्त्रको अन्त्यसँगै मुस्ताङका राजा झिग्मीले पनि आफ्नो भूमिका राजाको रुपमा नरहेको घोषणा गरेर लोकप्रिय बनेका थिए ।

गणतन्त्रपछि उनको राजदरबार काठमाडौंबाट पाउँदै आएको सुविधा पनि खोसिएको थियो । तर, सुविधा खोसिएपनि उनी कहिल्यै दु:खी नबनेको उनका निकटवर्तिहरु बताउँछन् । ‘सधैं जनताको भलो चाहनुहुन्थ्यो, कसैको अहित चिताउनुभएन,’ उनका भान्जा ज्ञानेन्द्र बिष्ट भन्छन्,‘राजा नै जनताको सेवक हो भन्ने उहाँमा चेतना थियो ।’

१० बर्षदेखि बिरामी भएर काठमाडौंस्थित बौद्धको आफ्नै घरमा बस्दै आएका थिए । दुई दिनदेखि ओम अस्पतालमा उपचार गराएका उनको हिजो राति १ बजे मृत्यु भएको सहयोगी इन्द्रधारा विष्टले जानकारी दिए ।

पूर्वराजा झिग्मी उच्च रक्तचापबाट पीडित थिए । बौद्ध परम्परा अनुसार शवको अन्त्येष्टि गरिने उनले बताए । पूर्वराजाको मृत्युले मुस्ताङवासीले एक सच्चा अभिभावक गुमाएको सर्वसाधारणको बुझाई छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार