१४ बैशाख २०८१, शुक्रबार

पर्यटन प्रवर्द्धनका लागि खप्तड यात्रा शुरु



धनगढी । प्राकृतिकरूपमा अनुपम भएपनि पर्यटकहरूको प्राथमिकतामा नपरेको खप्तड क्षेत्रको प्रचारप्रसारका लागि पर्यटन व्यवसायीहरूले खप्तड यात्रा शुरु गरेका छन् ।
काठमाडौंबाट आएको पर्यटन व्यवसायीहरूको मुख्य संस्था सोट्टो नेपालको आयोजनामा खप्तड यात्रा बिहीबार धनगढीबाट शुरु भएको हो । नेपाल पर्यटन बोर्डका प्रतिनिधि, पर्यटन व्यवसायी र पत्रकार सहितको १४ सदस्यीय टोलीलाई प्रदेश सातका सभामुख अर्जुनबहादुर थापाले खप्तड यात्राका लागि विदाई गरे ।
संसद भवनमा आयोजित कार्यक्रममा सभामुख थापाले नेपालको झण्डा हस्तान्तरण गर्दै माला लगाएर खप्तड यात्रीलाई विदाइ गरे । सो अवसरमा उपसभामुख निर्मला जोशीले सहभागीलाई टिका लगाइ दिनु भएको थियो । कार्यक्रममा कैलाली जिल्ला समन्वय समितिका सभापति सूर्यबहादुर थापाले कैलाली भ्रमण वर्षको पुस्तक सहभागीलाई उपहार दिएका थिए ।
खप्तड यात्रीलाई बिदाई गर्दे सभामुख थापाले खप्तडको पर्याप्त प्रचार हुन नसकेकोले बताउँदै खप्तडको प्रचारप्रसार गरेर पर्यटक ल्याउने पहल हुनु सह्रनीय काम भएको चर्चा गरे ।
शुक्लाफाँटा, नालापानी र खप्तड आन्तरिक पर्यटन प्रवद्र्धन यात्राका संयोजक यमबहादुर खड्काले चाँडै भारतका उत्तरखण्ड र पश्चिम नेपालका खप्तड लगायतका पर्यटकीय क्षेत्रलाई लक्षित गरेर टुर प्याकेज बनाउने जानकारी दिए ।
विदाई कार्यक्रममा प्रदेश सातका संसद सदस्यहरू, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार