१४ बैशाख २०८१, शुक्रबार

बैङ्कको एटिएमबाट चोरी भएको रकम फेला पर्‍यो



धनगढी । नेपाल इनभेष्टमेन्ट बैङ्क लिमिटेड धनगढीको एटिएमबाट चोरी भएको मध्ये २२ लाख ७० हजार गेटामा फेला परेको छ ।
बैङ्कको एटिएमबाट चोरिएको २३ लाख ४६ हजार रुपैयामध्ये सो रकम गेटा एयरपोर्ट नजिकै रहेको बैङ्कका कर्मचारी गोविन्द उपाध्यायका नातेदार लिला जोशीको घरमा फेला परेको हो ।

सिसि टिभी फुटेजको आधारमा प्रहरीले बैङ्कका कर्मचारी उपाध्यायलालई पक्राउ गरी केरकार गरेपछि उपाध्यायले आफ्न्तको घरमा लुकाएको बताएका थिए । जिल्ला प्रहरी प्रमुख एसपि अर्जुन चन्दले बाकी रकम उपाध्यायले घरमै राखेको बताएका छन् । उनले सरकारी वकिलसंग सल्लाह गरी उपाध्यायलाई मुद्दा चलाइने बताए ।

 

थप समाचार

एटीएम लकरबाट २३ लाख ४४ हजार चोरी

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार