१५ बैशाख २०८१, शनिबार

लक्ष्मी कर्पोरेट ब्याटमिन्टन : कार्की र श्रेष्ठको जोडी विजयी



धनगढी । धनगढीमा भएको लक्ष्मी कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको उपाधि सुरेन्द्र कार्की र शैलेन्द्र श्रेष्ठको जोडीले जितेको छ ।
धनगढीस्थित लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको प्रतियोगिताको फाईनलमा आइतबार प्रकाश चन्द र राजेन्द्र बमको जोडीलाई हराउदै कार्की र श्रेष्ठले उपाधी जिते ।
पहिलो राउण्डमा चन्द र बमको जोडीले २३–२५ को सेटमा जीत निकाले पनि दोस्रो र तेस्रो राउण्डमा भने कार्की र श्रेष्ठको जोडीले १९–२१ र १८–२० को सेटले जितेको थियो ।
विजेता कार्की र श्रेष्ठको जोडीले २१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् भने उपविजेता चन्द र बमको जोडीले १५ हजार रुपैया पुरस्कार प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार