६ कार्तिक २०८१, मंगलवार

प्रतिनिधि सभाको ४ सदस्यका लागि २२ र प्रदेशसभाको ८ सदस्यका लागि ३८ जनाको उम्मेदवारी



धनगढी । पहिलो चरणको निर्वाचनका लागि प्रदेश ७ का हिमाली जिल्लामा आज उम्मेदवारी दर्ता भएको छ ।
पहिलो चरणको निर्वाचमा मङ्सिर १० गते प्रदेश नम्बर ७ का हिमाली जिल्लाहरू बझाङ, बाजुरा, दार्चुला र बैतडीमा निर्वाचन हुँदैछ । प्रतिनिधि सभाका लागि एक÷एक निर्वाचन क्षेत्र र प्रदेश सभाका लागि दुई÷दुई निर्वाचन क्षेत्र गरी प्रतिनिधि सभामा ४ र प्रदेश सभामा ८ सिटका लागि चुनाव हुँदैछ । नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनपछि ती क्षेत्रमा प्रतिनिधि सभाको प्रत्येक्ष तर्फको निर्वाचनमा नेकपा एमाले र नेपाली कागे्रसका उम्मेदवार मुख्य प्रतिस्पर्धामा देखिएका छन् ।
पहिलो चरणमा निर्वाचन सम्पन्न हुने यी जिल्लामा प्रतिनिधि सभाको ४ सदस्यका लागि २२ र प्रदेशसभाको ८ सदस्यका लागि ३८ जनाको उम्मेदवारी दर्ता गराएका छन् ।
बझाङ जिल्लामा प्रतिनिधि सभामा एक स्वतन्त्रसहित आठ दलले र प्रदेश सभाको लागी क मा एक स्वतन्त्र सहित सात दल र ख बाट पा“च दलले उम्मेदवारी दर्ता गराएका छन् । एमालेबाट टिकट वितरणमा रुष्ट पक्षबाट दुई जनाले बागी उम्मेदवारी दर्ता गराएका छन् ।


बाम गठबन्धनको संयुक्त जुलस र नेपाली काङगे्रसको एकल जुलुसले बजार परिक्रमा गरे पछि दुवै दलले उम्मेदवारी दर्ता गरेका थिए । भने साना दल र स्वतन्त्र उम्मेदवारहरुले पनि जुलुस सहित उम्मेदवारी दर्ता गराएका थिए । नेकपा एमालेको टिकट वितरण प्रक्रियाबाट असन्तुष्ट दुई जनाले बागी उम्मेदवारी दर्ता गराएका छन् । एमालेको तर्फबाट गोपालबहादुर खड्काले प्रतिनिधि सभा र शेरबहादुर बोहराले प्रदेश सभा निर्वाचन क्षेत्र नं १ को लागी बागी उम्मेदवारी दिएका छन् ।
उम्मेदवार सिफारिसका क्रममा एमालेको निर्वाचन क्षेत्रीय कमिटीमा भएको निर्वाचनमा बढी मत पाउनेलाई टिकट नदिएर कम मत पाउनेलाई केन्द्रले टिकट दिएको प्रति एमाले जिल्ला कमिटी अध्यक्ष दिलबहादुर सिंहं लगायतका केही नेता रुष्ट भएका छन् । यस्तै अन्तिम अवस्थामा टिकट केन्द्रीय सदस्य भैरब बहादुर सिंहले पाए पछि पूर्वमन्त्रि भानुभक्त जोशी समर्थक कार्यकर्ताहरू पनि रुष्ट भएको बताइन्छ ।
बागी उम्मेदवारी दर्ता गर्दै प्रतिनिधि सभाको लागी बागी उम्मेदवारी दिएका गोपाल खड्काले लोकतान्त्रिक पार्टी भन्ने तर लोकतान्त्रिक अभ्यासको कदर नभएका कारण आफूले बागी उम्मेदवारी दिनु परेको बताए ।
उम्मेदवार सिफारिसका क्रममा नेकपा एमालेको निर्वाचन क्षेत्रीय कमिटीमा भएको निर्वाचनमा प्रदेश सभाको लागी जिल्ला अध्यक्ष दिलबहादुर सिंहले ४७ मत र अजूर्न थापाले २४ मत प्राप्त गरेका थिए । एमालेले कम मत प्राप्त गर्ने थापालाई टिकट दिएको भन्दै अध्यक्ष समर्थक कार्यकर्ताहरू रुष्ट भएका हुन ।
बझाङमा प्रतिनिधि सभाका लागि एमालेका भैरवबहादुर सिंह, कागे्रसका पृथ्वीबहादुर सिंह, विवेकशील साझा पार्टीका मिनबहादुर सिंह लगायतका नौ दलले नाम दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
प्रदेश सभामा बझाङ क मा एमालेका अर्जुन थापा र कागे्रसकी चन्द्रादेवी जोशी र ख मा माओवादी केन्द्रका देवकी मल्ल र कागे्रसका नरेशबहादुर सिंहबीच प्रतिस्पर्धा हुनेछ । बझाङ्मा एमाले, का“ग्रेस, माओवादी, विवेकशील गरी नौ दलका २० जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
मङ्सिर १० गते हुने पहिलो चरणको निर्वाचनका लागि जिल्लामा ६ दलले मनोनयन दर्ता गराएका छन् । नेपाली का“ग्रेस र नेकपा एमाले, नेकपा माओवादी केन्द्र, (वाम गठबन्धन) नयाँ शक्ति, राप्रपा प्रजातान्त्रिक, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) र स्वतन्त्र सहित मनोनयन दर्ता गराएका हुन् ।
प्रतिनिधि सभाका लागि बाजुरामा पाच दलले नाम दर्ता गराएका छन् । नेपाली का“ग्रेसको तर्फबाट पार्टी सभापति कविराज पण्डित र बाम गठबन्धनको तर्फबाट नेकपा एमाले केन्द्रीय सदस्य लालबहादुर थापाले मनोनयन दर्ता गराएका छन् । यस्तै प्रदेश सभा निर्वाचन क्षेत्र १ बाट नेपाली का“ग्रेसको तर्फबाट भूमि सुधार सहायक पूर्व मन्त्री जनकराज गिरीले मनोनयन दर्ता गराएका छन् । प्रदेश निर्वाचन क्षेत्र २ मा पदम बहादुर शाहीले मनोनयन दर्ता गराएका छन् ।
यस्तै सयुक्त बाम गठबन्धनका तर्फबा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमाले पार्टी सचिव बल्देव रेग्मीले मनोनयन गर्दा गराएका छन् । प्रदेश निर्वाचन क्षेत्र २ बाट नेकपा एमाले बैकल्पिक केन्द्रीय सदस्य प्रकाश शाहले मनोनयन दर्ता गराएका छन् ।
यस्तै स्वतन्त्रबाट प्रतिनिधि सभाका लागि टिकाराज गिरीले मनोनयन दर्ता गराएका छन् । नयाँ शक्तिले प्रतिनिधि सभाका लागि पार्टी जिल्ला संयोजक दिलीप शाहीले मनोनयन दर्ता गराएका छन् ।
प्रदेश निर्वाचन क्षेत्र १ मा नरेन्द्र विक र २ मा सुर्जे चदाराले मनोनयन दर्ता गराएका छन् । राप्रपा प्रजातान्त्रिकले प्रदेश सभाका लागि मात्र मनोनयन दर्ता गराएको छ । प्रदेश निर्वाचन क्षेत्र १ मा कान्तबहादुर शाही, प्रदेश निर्वाचन क्षेत्र २ मा वीरबहादुर हमालले दर्ता गराएका छन् । यस्तै एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले प्रदेश निर्वाचन क्षेत्र २ का लागि मात्र प्रकाश विकले मनोनयन दर्ता गराएको छ ।
मनोनयन कार्य बिहान ११ बजेबाट सुरु भएको थियो । १० बजेबाट सुरु गर्ने भनिएपनि दर्ता प्रक्रिया एक घण्टा ढिलो गरी ११ बजेबाट सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।
मनोनयन दर्ता गराउनु पूर्व दलहरूले बाजागाजा सहितको नारा जुलुसका साथ मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । निकै उत्साहका साथ आएका कार्यकर्ताले पार्टीका चर्का नारा जुलुस लगाएका थिए । दुवै प्रदेश निर्वाचन क्षेत्र र प्रतिनिधि सभामा बाम गठबन्धनका तर्फबाट एमाले बाटै उम्मेदवार बनेपनि माओवादी केन्द्रका नेता तथा कार्यकर्ताको पनि भव्य उपस्थिति रहेको थियो ।
मनोनयन दर्ता पछि का“ग्रेसले औपचारिक कार्यक्रम नगरेपनि एमालेले देउदा सहित भव्य कार्यक्रमको आयोजना गरेको हो । सभामा एमाले प्रदेश नम्बर ७ का संयोजक कर्णबहादुर थापा, माओवादी पोलिटव्यूरो सदस्य सहदेव बोगटी सहित उम्मेदवारले सम्बोधन गरेका थिए ।
दार्चुलामा एमालेका गणेश ठगुन्ना र कागे्रसका विक्रमबहादुर सिंह भिडदै छन् । प्रदेश सभामा दार्चुला क मा एमालेका गेल्बु बोहरा र कागे्रसका मदन गिरी र ख बाट माओवादीका मानबहादुर धामी कागे्रसका जगदिशबहादुर पाल प्रतिस्पर्धामा छन् भने नयाँ“ शक्तिबाट बहादुरसिंह ठगुन्ना र स्वतन्त्रबाट रघुविर सिंह ठगुन्ना क्षेत्रीले उम्मेदवारी दर्ता गरेका छन् । त्यहाँ“ एमाले, कागे्रस, माओवादी, जनशक्ति लगायतका गरी पा“च दलबाट १५ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिए ।
भने बैतडीमा प्रतिनिधि सभामा नेपाली का“ग्रेस, राप्रपा, विवेकशील गरी छ दलले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रतिनिधि सभामा एमालेका दामोदर भण्डारी, कागे्रसका नरबहादुर चन्द, विवेकशील साझा पार्टीका नारायणदत्त अवस्थी, राष्ट्रिय जनमोर्चाका विरेन्द्रसिंह भण्डारी, जनसमाजवादी पार्टीका धनबहादुर बोहोराले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेश क्षेत्र क बाट माओवादी केन्द्रका केशव भट्ट, का“ग्रेसका हरिमोहन भण्डारी, जनसमाजवादी नेपाल पार्टीका भगिरथसिंह कुवर, राष्ट्रिय मुक्ति पार्टीका दिलिपराज पाण्डे र जनमोर्चाका अर्जुननरसिंह मडै रहेका छन् भने क्षेत्र ख बाट एमालेका लीलाधर भट्ट र गणेश चन्दले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार पहिलो चरणमा निर्वाचन हुने हिमाली क्षेत्रका ३२ जिल्लाका ३७ सिटका लागि आज (आइतबार) जिल्ला निर्वाचन कार्यालयहरूमा उम्मेदवारको मनोनयन दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

७ नम्बर प्रदेशमा तीन महिलाको मात्र उम्मेदवारी
प्रतिनिधि सभा र प्रदेश सभाको आइतबार भएको प्रत्यक्ष निर्वाचनतर्फको मनोनयन दर्तामा लोकतान्त्रिक र वाम गठबन्धनले अघि सारेका यस ७ नम्बर प्रदेशबाट ६० जना उम्मेदवारमध्ये महिला तीन जना मात्रै छन् ।
७ नम्बर प्रदेशका चार जिल्लाबाट प्रतिनिधि सभामा एक र प्रदेश सभामा तीन जना महिला रहेका छन् । यस प्रदेशको बझाङ बाहेक अन्य जिल्लाबाट महिला उम्मेदवार छैनन् ।
प्रतिनिधि सभाका लागि बझाङबाट राष्ट्रिय जनमोर्चाले कल्पना भण्डारीलाई उम्मेदवारी दिएको छ । अन्य दलहरूले भने प्रतिनिधि सभामा महिला उम्मेदवार नबनाएको पार्टीले जानकारी दिएको छ । यस्तै बझाङमा क बाट कागे्रसकी चन्द्रादेवी जोशी र ख बाट माओवादी केन्द्रकी देवकी मल्ल उम्मेदवार रहेकी छिन् ।
नेपालको संविधानको परिकल्पना र प्रमुख राजनीतिक दलका घोषणापत्रमा राज्यका सबै क्षेत्रमा कम्तीमा पनि ३३ प्रतिशत महिलाको प्रतिनिधित्व गराउने प्रतिबद्धता छ । तर, चार जिल्लाको आ“कडा अनुसार करिब ५ प्रतिशत महिलाको मात्रै उम्मेदवारी परेको छ ।
आफैँले लेखेको संविधान र विभिन्न समयमा गरेको ३३ प्रतिशत महिलाको हरेक क्षेत्रमा सहभागिता गराउने प्रतिबद्धता गरेका दलहरूले पहिलो चरणको उम्मेदवार मनोनयनमा त्यसलाई उपेक्षा गरेका छन् ।
पहिलो चरणको मनोनयन दर्ताले महिलाहरूलाई पुनः प्रतिस्पर्धा गर्न पाउने हकबाट पछाडि पारेको महिला नेतृहरुले टिप्पणी गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार