६ कार्तिक २०८१, मंगलवार

३७ औं विश्व खाद्य दिवस : जनताको खाद्यअधिकार सुनिश्चततामा जोड



धनगढी । जिल्ला खाद्यअधिकार सञ्जाल कैलाली र खाद्यसुरक्षा सञ्जाल कैलालीको संयुक्त आयोजनामा ३७ औं विश्व खाद्य दिवस सोमबार धनगढीमा विविध कार्यक्रम गरी मनाएको मनाइएको छ ।
“खाद्य सुरक्षा र ग्रामीण विकासमा लगानी बढाऔं,भावी बसाइसराई व्यवस्थित गरौं” भन्ने मूल नाराका साथ धनगढी चौराहादेखि जिल्ला समन्वय समितिको कार्यालयसम्म र्‍यालीको आयोजना गरिएको थियो ।
कार्यक्रमको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले उद्घाटन गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रिजालले जिल्लाको खाद्यअधिकार र खाद्यसुरक्षाको अवस्था र सीमान्तकृत समुदायको खाद्य सवाल र खाद्यअधिकार हनन्का घटनाहरूको न्यूनीकरणका लागि सरकारी गैरसरकारी सबै निकायको साझा सहकार्य र क्रियाशील हुनुपर्नेमा जोड दिए काथिए ।
कार्यक्रममा सहभागीहरूले सीमान्तकृत समुदायको खाद्यअधिकार सुनिश्चित गरिनुपर्ने, मुक्त कमैया हलिया कमलरी भूमिहिनहरूको सिघ्र पुनस्र्थापना गरिनुपर्ने ,अतिविपिन्न परिवारको पहिचान गरी न्यूनतम मूल्यमा खाद्यन्न उपलब्ध गराउने व्यवस्था गरिनुपर्ने अवस्थाको अन्त्य गरिनुपर्ने, खाद्य सुरक्षा हाम्रो अधिकार कृषिमा आधुनिकीरकण हाम्रो सरोकार भन्ने प्लेकार्डसहित जिल्ला समन्वय समितिको कार्यालयमा पुगी कोण सभामा परिणत भएका थिए ।
कोण सभामा जिल्ला खाद्यअधिकार सञ्जाल कैलालीका संयोजक धनपति ढुंगेलले कैलाली जिल्लाको खाद्यसुरक्षाको अवस्थाको बारेमा जानकारी गराएका थिए । उनले कैलालीमा पनि खाद्यअधिकार हनन्का घटनाहरू घटिरहेको, कृषि पेशामा आश्रित दक्ष युवा जनशक्ति विदेश पलायन हुनु र खेतीयोग्य जमिनहरू बाँझो रहनु तथा सीमान्त्कृत समुदायको जिविकोपार्जनको श्रोत नहुने गरेको बताएका थिए ।
कोणसभामा जिल्ला कृषि विकास कार्यालय कैलालीका वरिष्ठ कृिष विकास अधिकृत युवराज पाण्डेयले कृषिमा लगानी र जनशक्तिमा वृद्धि गर्न सके उत्पादनमा वृद्धि हुने भएकाले यसले खाद्य सुरक्षामा टेवा पुग्ने भएकाले कृषिमा लगानी बढाउनु पर्ने बताए ।
यसैगरी खाद्य दिवसकै सन्दर्भमा जिल्ला खाद्यअधिकार सञ्जाल कैलाली र धनगढीस्थित विभिन्न रेडियोसंगको सहकार्यमा खाद्यअधिकार खाद्यसुरक्षाको अवस्था र हाम्रो भूमिकका विषयक रेडियो बहस कार्यक्रमहरू सञ्चालन गरिएको थियो ।
कार्यक्रम राष्ट्रिय मानवअधिकार आयोग, फाया नेपाल, याक नेपाल, युरोपियन युनियन, डिसिए, लुथरन विश्व फेडरेशन, दलित महिला अधिकार मञ्च, ईन्सेक, माईती नेपाल, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, ओरेक, सिएसएसडि, एडजस, डिएनएफ, दलित जागरण केन्द्र, महिला पैरवी मञ्च, थारू महिला उत्थान केन्द्र, वेस, मुक्त कमैया समाजलगायतका संस्थाहरूको सहकार्यमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार