६ कार्तिक २०८१, मंगलवार

काेभिड अस्पताल भरिभराउ



धनगढी । कैलालीको धनगढीस्थित सेति प्रादेशिक अस्पतालको काेभिड १९ अस्थायी अस्पताल संक्रमितले भरिभराउ भएको छ ।

कैलालीमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्न थालेपछि प्रदेश सरकारले स्थापना गरेको कोभिड अस्पताल भरिभराउ भएकोे छ । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले ५५ वेडको क्षमता रहेको कोभिड अस्पतालमा अहिले ५५ जना संक्रमितको उपचार भइरहेको जानकारी दिए ।

‘आइतबारदेखि नै अस्पतालमा ५५ जना संक्रमितको उपचार भइरहेको थियो । सोमबार छ जना संक्रमित डिस्चार्ज भए पनि पुनः छ जना नया“ संक्रमित अस्पतालमा भर्ना भए’ उनले भने– ‘थप नया“ संक्रमित भर्नाका लागि आए कता व्यवस्थापन गर्ने भन्ने समस्या रहेको छ ।

सूचना अधिकारी श्रेष्ठका अनुसार अहिले कोभिड अस्पतालमा तीन जना भेन्टिलेटरमा, ११ जना आइसियूमा, २५ जना अक्सिजनसहितको उपचारमा र १९ जना मध्यम संक्रमित रहेका छन् ।

उनले थप संक्रमित आए कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा नीतिगत छलफल भइरहेको बताए । उनले चा“डै आइसोलेसनहरू थप भइसक्ने बताए । अहिले प्रदेश सरकारको लगानीमा थप ५० वेडको आइसोलेसन सञ्चालनका लागि तयारी भइरहेको जनाइएको छ । उनले हालसम्म भर्ना हुन आएका विरामीलाई वेड अभावमा फर्काउनुपर्ने अवस्था नरहेको बताए ।

सेती प्रादेशिक अस्पतालमा रहेको अक्सीजन प्लान्टबाट भने माग अनुसार पूर्ति गर्न नसकिएको सूचना अधिकारी श्रेष्ठले बताए । उनले भने– यहा“ रहेको अक्सिजन प्लान्टको क्षमता भनेको ४७ किलोको प्रति दिन ७५ सिलिण्डर उत्पादन गर्छ । तर, अहिलेको अवस्थामा एक सय ५० भन्दा बढी सिलिण्डर प्रयोग भइरहेको छ । यसका लागि हामीले ७० भन्दा बढी सिलिण्डर खरिद गरेर प्रयोगमा ल्याइरहेका छौं ।’

उनले अहिलेसम्म अक्सिजनको कमि भएको नदेखिए पनि आगामी दिनमा समस्या आउन सक्ने बताए । उनले भने– गत वर्ष स्थापना गरिएको यो अक्सिजन प्लान्ट त्यस समय अस्पतालमा उपचार गर्न आउने विरामीका लागि पुग्थ्यो तर, अहिले कोरोनाले गर्दा थप माग बढेको हो ।’

उनले अस्पतालमा उपचाररत रहेका संक्रमितको निको हुनेको सख्या ९४ प्रतिशतले हुने गरेको बताए । उनका अनुसार अस्पतालमा उपचाररत संक्रमितको मृत्युदर भने तीन दशमलब पा“च प्रतिशत रहेको छ ।

सेती प्रादेशिक अस्पतालमा दोस्रो लहरको कोरोना शुरु भएयता छ जनाको उपचारका क्रममा मृत्यु भइसकेको जनाइएको छ ।

मंगलबारमात्र अस्पतालमा उपचाररत कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्बर १ का ४८ वर्षीय एक पुरुषको मृत्यु भएको जनाइएको छ । उनी बैशाख १ गते अस्पतालमा भर्ना भएका थिए । अस्पतालको भेन्टिलेटरमा उपचार गराइरहेका उनी निमोनियाबाट पनि ग्रसित रहेका थिए ।

कोरोना अस्पतालमा भर्ना भएका गोदावरी नगरपालिका वडा नम्बर ३ का ४० वर्षका एक पुरुषले अस्पतालले व्यवस्थापन राम्रोसंग नै गरेको बताए । ‘खानबस्नको व्यवस्था राम्रो नै छ’ उनले भने– हामीलाई त्यस्तो गुनासो केही पनि छैन ।

बैतडी दोगडेदार गाउपालिकाका वडा नम्बर ५ का २७ वर्षका एक पुरुष कोरोना अस्पताल भर्ना भएको सात दिन पुग्यो । उनी भारतबाट आएका हुन । उनलाई कोरोना पोजेटिभ पुष्टी भएपछि अहिले अस्पतालको आइसोलेसनमा छन् । उनले अस्पताल बसाई राम्रो नै भएको बताए ।

‘खान बस्नको राम्रो नै ब्यबस्था छ, तर कोरोना संक्रमण दर बढदै गएको छ, आईसोलेसनको क्षमता पनि कम छ । बिरामी भर्नाको संख्या बढदै गयो भने अप्ठयारो हुन सक्छ” उनले शंका व्यक्त गरे ।

कोरोना संक्रमितका आफन्तहरू भने ब्यबस्थापनमा चुनौती सिर्जना भईरहेको भन्दै असंन्तुष्ट देखिएका छन् । धनगढी चटकपुरका एक जना कोरोना अस्पतालमा भर्ना छन् । बिरामीलाई अक्सीजन सकिदा समेत स्वास्थ्यकर्मीले ध्यान दिन नसक्ने गरेको उनले गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार