११ पुष २०८१, बिहीबार

पश तथा पशुजन्य आयातमा कमी



शेरबहादुर ऐर/धनगढी । कैलालीको भन्सार नाकाबाट पशु तथा पशुजन्य वस्तुको आयातमा कमी आएको छ । संघीय कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले २०७५ चैत १ गतेदेखि पशुपंक्षी तथा पशुपंक्षीजन्य वस्तु आयात वा निर्यात गर्दा अनिवार्य रुपमा स्वास्थ्य परीक्षणसहितका कागजपत्र पेश गर्नुपर्ने व्यवस्था गरेसंगै आयातमा कमी आएको जनाइएको छ ।

पशु क्वारेन्टाइन कार्यालय, कैलालीका अनुसार अहिले कुखुरा, माछा तथा दाना, मकै लगायतका पशुजन्य बस्तुहरूको आयात भइरहे पनि खसीबोका लगायतका पशुहरूको आयात भने बन्द भएको छ ।
क्वारेन्टाइन कार्यालयका अनुसार आर्थिक वर्ष २०७५÷०७६ को फागुनदेखि असारसम्म माछा तीन दशमलव आठ मेट्रिक टन, भटमासको पिना नौ सय ५४ मेट्रिक टन, एनिमल फिड सप्लीमेन्ट ८१ दशमलव ६९ मेट्रिकटन, फिस फिड ७५ दशमलव ४५ मेट्रिक टन, पशु आहार ७४ दशमलव २७ र सोया लिसिथिन ६० मेट्रिक टन आयात छ ।
चालू आर्थिक वर्षको भदौ महिनासम्म एनिमल फिड सप्लीमेन्ट १२, पशु आहार एक सय ५० दशमलव पाँच, सोया लिसिथिन ६४, हड्डीको धुलो दुई सय दुई र माछाको दाना एक सय दशमलव ९४ मेट्रिक टन आयात भएको छ ।
कार्यालयका पशु स्वास्थ्य प्राविधिक श्याम पाठकले भने– स्वास्थ्य परीक्षण सहितका कागजपत्र अनिवार्य नगरिएको वेला भन्सार नाकाबाट मासिक ५० देखि ६० ट्रक पशु तथा पशुजन्य वस्तुको आयात ह्ुने गरेकोमा अहिले सात÷आठ ट्रकमात्रै आउने गरेका छन् ।
पशु स्वास्थ्य प्राविधिक पाठकका अनुसार दशैंको वेला भारतबाट खसीबोका र अन्य समयमा गाई, भैसी, भेडा लगायतका पशुहरू आयात हुने गरेका थिए । उनले भने– यस वर्ष दशैंका लागि भनेर भारतबाट खसीबोका आयात भएन ।
क्वारेन्टाइन कार्यालयले आर्थिक वर्ष २०७५÷७६ मा के सप्लायर्स, डल्फिन आधुनिक दाना उद्योग लम्की, वेस्टर्न फिड प्रालि धनगढी लगायतका गरि चार सय ३३ वटा फर्मलाई गुणस्तरको प्रमाणपत्र जारी गरेको थियो ।
कार्यालयले पशुपंक्षी तथा पशुपंक्षीजन्य वस्तु आयात गर्दा संक्रामक रोग समेत भित्रिने तथा सर्ने जोखिम हुने भएकाले ऐनको प्रभावकारी कार्यान्वयन गरिएको जनाएको छ ।
भारतबाट धनगढीको त्रिनगर भन्सार नाका हु“दै गाईगोरु, खसी, बोका, घोडा, खच्चर, झुपु, झुमा, बंगुर, सुगुर, खरायो, अंगोरा, माछा तथा माछाको भुरा, पिना, मकै, चना (दाना), भटमास, राईसब्रान, फिड सप्लिमेन्ट लगायतका वस्तु आयात हुने गरेको पशु क्वारेन्टाइन कार्यालयको तथ्यांकमा उल्लेख छ ।
आर्थिक वर्ष २०७५÷०७६ मा भारतबाट माछा एक सय ४० दशमलव ६३ मेट्रिक टन, भटमासको पिना आठ हजार आठ सय ६१ दशमलव ६८ मेट्रिक टन, मकै पा“च हजार चार सय ८८ दशमलव ४८ मेट्रिक टन तथा एनिमल फिड सप्लीमेन्ट तीन सय ९४ दशमलव ७८ मेट्रिक टन आयात भएको छ ।
त्यस्तै, सो अवधिमा भारतबाट राइस ब्रान एक सय ७२ दशमलव ५२ मेट्रिक टन, फिस फिड एक सय ६६ दशमलव ११ मेट्रिक टन तथा चना एक सय ५४ दशमलव पा“च मेट्रिक टन, पशु आहार ७४ दशमलब २७ र सोया लिसिथिन ६० मेट्रिक टन आयात भएको क्वारेन्टाइन कार्यालयको तथ्यांकमा उल्लेख छ ।
भारतबाट पशुजन्य वस्तु आयात गर्दा स्वास्थ्य परिक्षणसहितको कागजपत्र बनाउन दिल्ली पुग्नुपर्ने अवस्था रहेको कार्यालयले जनाएको छ । भारतमा छ र नेपालमा आठवटा वटा पशु क्वारेन्टाइन कार्यालय रहेका छन् ।
कैलाली भन्सार कार्यालयका भन्सार अधिकृत कुमार गौतमले पशु तथा पशुजन्य बस्तुहरू विगतको तुलनामा आयातमा कमी आएको बताए । उनले आयात घट्दा राजश्व संकलनमा पनि प्रभाव पर्ने बताए । ‘अहिले भारतबाट तरकारी, फलफूल, माछा, मासु तथा पशुहरू आयातमा रोक लगाइएको छ’ उनले भने ‘हामीलाई तोकिएको लक्ष्य प्राप्त गर्न पेट्रोलियम पदार्थ, ट्याक्टर, हार्डवेयर, विस्कुट, टायल, मार्वल, कच्चा पदार्थ, खाद्यान्नमा भर पर्नुपर्ने अवस्था छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार