१३ बैशाख २०८१, बिहीबार

जिल्ला निर्वाचन कार्यालयहरूले थाले निर्वाचनको तयारी



धनगढी । सुदूरपश्चिम प्रदेशका जिल्ला निर्वाचन कार्यालयहरूले सरकारबाट घोषणा भएको प्रतिनिधि सभा निर्वाचनका लागि तयारी अघि बढाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपतिबाट संसद (प्रतिनिधि सभा) विघटन गरी आगामी बैशाखमा दुई चरणमा मध्यावधि निर्वाचन घोषणा भइसकेको छ ।

पुस ५ गतेदेखि मतदाता नामावली दर्ता कार्य रोकेका निर्वाचन कार्यालयहरूले मतदाता नामावली अध्यावधिक र मतदान केन्द्र हेरफेर गर्ने कार्य अघि बढाएको जनाएका छन् ।

बिहीबार धनगढीमा कैलाली जिल्ला निर्वाचन कार्यालयले आयोजना गरेको एक कार्यक्रममा निर्वाचनको प्रारम्भिक तयारी अगाडी बढाइएको जानकारी दिइयो ।

कैलाली जिल्ला निर्वाचन कार्यालय प्रमुख प्रेमराज भट्टले प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रारम्भिक तयारीमा कार्यालय जुटेको बताए । उनले भने– हामीले गत पुस ५ गतेसम्म दर्ता भएका मतदाताहरूको मतदाता नामावली अध्यावधिक गर्ने कार्यलाई अघि बढाएका छौं । अपायक परेका स्थानमा मतदान केन्द्र थपघट गर्न पनि स्थलगत अध्ययन भइसकेको छ ।

जिल्ला निर्वाचन कार्यालय प्रमुख भट्टले मतदाता नामावली अध्यावधिक कार्य माघ १५ गतेदेखि अघि बढाइने बताए । उनले भने– मतदाता नामावली अध्यावधिक गर्नका लागि कैलालीका सबै १३ वटा स्थानीय तहमा मतदाता नामावली विवरण पठाइने छ ।

उनले पालिकाको केन्द्र रहेको स्थानमा पुगेर मतदाताहरूले आफनो मतदाता नामावली अध्यावधिक गराउन सक्ने बताए । उनले भने– भोली (१० गते) देखि हामीले पालिकाको केन्द्रमा रहेका वडा कार्यालयका वडा सचिवहरूलाई तालिम दिदैछौं ।

उनका अनुसार १५ गते पालिकामा अध्यावधिक गराउनका लागि सूचना जारी गरि १६ गतेदेखि १८ गतेसम्म विवरण संकलन गरिने छ ।

उनले मतदाता नामावली अध्यावधिक अन्र्तगत मतदाता नामावलीमा समावेश भएको आफनो विवरणमा त्रुटि सच्याउन निवेदन दिने, मृत्यु भएका वा बसाईसरी गएका वा दोहोरो नाम रहेका मतदाताको नाम हटाउने, झुटा विवरण दिई कोही कसैले मतदाता नामावलीमा नाम समावेश गरेको भए सो को विषयमा उजुरी लिने लगायतका काम गरिने बताए ।

कार्यालय प्रमुख भट्टले भने– हामीले कैलालीका केही स्थानमा मतदाताहरूले एक दिन लगाएर मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्ने बााध्यता रहेको पाएका छौं । उनले त्यस्ता स्थानमा मतदातालाई सहज बनाउन मतदान केन्द्र थप गर्ने पनि तयारी गरेका बताए ।

कार्यालय प्रमुख भट्टका अनुसार हाल कैलालीमा दुई सय ३१ मतदान स्थल र पाँच सय ३८ मतदान केन्द्र रहेका छन् । उनले भने– हामीले स्थलगत निरिक्षण गरेर र सरोकारवालाहरूसंग छलफल गरेर मतदान केन्द्र थप गर्ने तयारी गरेका हौं । उनले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला कार्यक्रम तथा अनुगमन समितिको बैठकले मतदान थप गर्ने बारे निर्णय गर्ने बताए ।

उनले जिल्लामा पा“च देखि सातसम्म मतदान केन्द्र थप हुन सक्ने बताए । उनका अनुसार कार्यालयले धनगढी उपमहानगरपालिकाका दुई, महोन्याल गाउँपालिका र चुरेका केही स्थानमा मतदान केन्द्र थप्ने तयारी गरेको बताए ।

कार्यालयले बिहीबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले मतदानमा सहभागिता जनाउन पाउने हरेक नागरिकको अधिकार रहेको र निर्वाचन कार्यालयले सञ्चालन गरेको मतदाता नामावली अध्यावधिक कार्यक्रममा सबैले सहभागिता जनाउन आग्रह गरे ।

प्रमुख जिल्ला अधिकारी बोहराले आम नागरिक सचेत नभए मतदानबाट वञ्चित हुने बताए । उनले आफनो मतदाता नामावलीमा केही त्रृटि भएको छ की भनेर सम्बन्धीत पालिकामा सबै मतदाताहरूले जानकारी लिएमा मतदान गर्ने अधिकारबाट वञ्चित नहुने बताए ।

उनले मतदाता नामावली अध्यावधिकलाई प्रभावकारी बनाउन राजनीतिक दल, संघ÷संस्थाका पदाधिकारी, नागरिक समाज लगायतले सहयोग गर्नुपर्ने बताए । उनले मतदाननै लोकतन्त्रको मेरुदण्ड भएको बताए । उनले भने– सक्षम र असल नेतृत्वलाई छनैट नागरिकले मतदानबाटै गर्न पाउने छन् । यसबाट वञ्चित नहुन सबै सजग हुनुपर्छ ।

कार्यक्रममा धनगढी उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले अहिले बसाइसराइका कारण केही मतदाता मतदानको अधिकारबाट वञ्चित हुने आशंका व्यक्त गरे । उनले भने– एक जिल्लाबाट अहिले धेरै मान्छे अर्को स्थानमा बसाइसराई गरेका छन् । सम्बन्धित पालिकाले मतदाता अध्यावधिक गर्दा बसाईसराइ गरेका मानिसको मतदाता परिचयपत्र हटाएमा मतदानबाट वञ्चित भइने हो की ?’

नले अहिले बसाइसराई गरेका मानिसले आफनो मतदाता परिचय पत्रको स्थान परिवर्तनका लागि निवेदन दर्ता गराउन पाउने पनि अवस्था नरहेको बताए ।

कार्यक्रममा कैलालीका राजनीतिक दल, सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

तीन वर्षमा ३९ हजार बढी मतदाता थपिए

कैलालीमा तीन वर्षको अवधिमा ३९ हजार चार सय ७८ मतदाता थपिएका छन् । २०७४ सालको निर्वाचनपछि कैलालीमा २०७७ पुस ५ गतेसम्म ३९ हजार बढी मतदाता थपिएसंगै मतदाताको संख्या पा“च लाख ४६ पुगेको छ ।

निर्वाचन कार्यालयका अनुसार जिल्लामा दुई लाख ५६ हजार दुई सय चार महिला, दुई लाख ४३ हजार आठ सय ३२ पुरुष र १० जना तेस्रो लिङ्गी मतदाता रहेका छन् । निर्वाचन कार्यालयका अनुसार धनगढी उपमहानगरपालिकामा ९० हजार सात सय ७२ मतदाता नामावलीमा दर्ता भएका छन् ।

यस्तै, गोदावरीमा ५२ हजार नौ सय ६२, गौरिगंगामा ३७ हजार चार सय ४५, घोडाघोडी नगरपालिकामा ४८ हजार ९०, टीकापुरमा ५० हजार सात सय ७७, भजनीमा ३१ हजार नौ सय ५७ र लम्की चुहामा ५० हजार आठ सय ८४ मतदाता नामावलीमा दर्ता गर्ने संख्या पुगेको छ ।

जिल्लाको कैलारी गाउँपालिकामा ३५ हजार आठ सय ११, चुरे गाउ“पालिकामा ११ हजार छ सय २८, जानकी गाउँपालिकामा ३३ हजार नौ सय ८२, जोशीपुरमा २४ हजार एक सय ४२, बर्दगोरियामा २० हजार छ सय ३२ र मोहन्यालमा ११ हजार २४ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

कार्यालय प्रमुख प्रेम भट्टले भने– मतदाता नामावली अध्यावधिक भएपछि मतदाता संख्याको यकिन विवरण आउने छ ।’ उनले निर्वाचन कार्यालयले जतिसक्यो चा“डो अन्तिम मतदाता संख्या तयार गर्ने बताए ।

डोटीमा १० प्रतिशत मतदाता वृद्धि

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले आगामी वैशाख १७ र २७ मा निर्वाचनको मिति तोकेपछि निर्वाचन आयोगले तयारी थालेको छ । निर्वाचन घोषणा लगत्तै पुस ६ गतेदेखिनै फोटोसहितको मतदाता नामावली संकलन रोकेको आयोगले १५ गते मतदाता नामावली प्रकाशन गर्ने तयारी गरेको छ ।

डोटी जिल्लामा पनि निर्वाचन सम्बन्धी गतिविधिहरू अघि बढेको जिल्ला निर्वाचन कार्यालय डोटीका प्रमुख दलबहादुर मलासी बताउँछन् । उनले निर्वाचनको तयारीका विषयमा सरोकारवालाहरूस“ग एक चरणको छलफल भएको बताए ।

जिल्ला निर्वाचन कार्यालय प्रमुख मलासीका अनुसार २०७४ सालमा भएको निर्वाचनभन्दा यस निर्वाचनमा १० प्रतिशत बढी मतदाता थपिनेछन् । २०७४ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा ५७ हजार चार सय महिला र ४९ हजार एक सय ४३ पुरुष गरी एक लाख ६ हजार पा“च सय ४३ मतदाता रहेका थिए ।

उक्त निर्वाचनमा संघीय प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ ६९ हजार ३२ अर्थात् ६४।७९ प्रतिशत मत खसेको थियो । यस्तै समानुपातिकतर्फ ६९ हजार एक सय ४९ मत खसेको मलासीले जानकारी दिए ।

खसेका मतमध्ये प्रत्येक्षतर्फ तीन हजार नौ सय १० र समानुपातिकतर्फ सात हजार चार सय १६ मत बदर भएको निर्वाचन कार्यालयको तथ्यांकले देखाउँछ ।

‘अहिले कुल मतदाता संख्या एक लाख १७ हजार ६ सय १७ छ’ निर्वाचन कार्यालय प्रमुख मलासीले भने ‘१५ गतेदेखि २१ गतेसम्म दाबी विरोधको समय तोकिएको छ, त्यतिवेला केही घटन् सक्छन्् ।’ महिला ६२ हजार तीन सय ४१ र पुरुष ५५ हजार २७६ मतदाता रहेका उनले जानकारी दिए ।
उनले माघ १५ देखि २१ सम्म नौ वटै स्थानीय तहको कार्यालयमा दाबी विरोधको समय राखिएको बताए । त्यो अवधिमा मतदाता नामावलीमा भएको नाम सच्याउने, नाम हटाउने, केन्द्र सच्याउने जस्ता काम हुने मलासीले बताए ।

उनी थप्छन्, ‘मृत्यु भएका व्यक्तिहरूको नाम हटछ्, त्यसैले यो संख्यामा केही कमी आउन सक्छ ।’

८ वटा केन्द्र बढ्न सक्ने

जिल्ला निर्वाचन कार्यालय, डोटीका प्रमुख मलासीले जिल्लामा मतदान आठ वटा केन्द्र बढ्न सक्ने सम्भावना रहेको बताए । ‘निर्वाचन स्थल त बढ्दैनन् तर मतदाता संख्याको आधारमा आठ वटा जति मतदान केन्द्र वढ्न सक्छन्,’ उनले भने, ‘त्यो पनि २१ गतेपछि मतदाताको अन्तिम नामावली तयार भएपछि थाह हुन्छ ।’

०७४ को निर्वाचनमा जिल्लाका ११५ स्थानहरूमा १५७ मतदान केन्द्र रहेका थिए । अब १६४ वा ६५ हुने सम्भावना रहेको उनी बताउँछन् । निर्वाचन तयारी र मतदान स्थल र केन्द्रको तयारीको विषयमा मतदान केन्द्र निर्धारण समितिको बैठक ८ गते फेरि बैठक बस्ने उनले बताए ।

दिपायल सिलगढी नगरपालिका–६ मा रहेको साविकको शैलेश्वरी विद्यालयको मतदान केन्द्र र बडीकेदार गाउँपालिका–४ डिकेवनमा रहेको केन्द्र सार्नु पर्ने अवस्था रहेको मलासीले जानकारी दिए ।

‘शैलेश्वरी विद्यालय अर्को विद्यालयमा मर्ज भइसकेको हुँदा अब त्यहाँबाट केन्द्र सार्नु पर्छ,’ मलासीले भने ‘डिकेवनमा रहेको वडाकार्यालयमा आगजनी भएपछि अब त्यहा“ पनि के गर्ने भन्ने विषयमा ८ गते नै छलफल हुन्छ ।

‘उनले मतदान स्थलहरू थप्नु पर्ने भन्दै विभिन्न क्षेत्रबाट माग आएको भए पनि व्यवस्थापन गर्न समस्या हुने बताए । आयोगको निर्देशनअनुसार कार्यालयले निर्वाचन सम्बन्धी कार्यक्रमहरू अघि बढाइरहेको मलासीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार