१२ श्रावण २०८१, शनिबार

साहित्य महापर्व



आजदेखि धनगढीमा बहुप्रतिक्षित विश्व नेपाली साहित्य महोत्सव शुरु हुदैछ । नेपालका विभिन्न जिल्ला तथा शहरका साथै भारतका असम, दार्जलिङ, सिक्किम, नागाल्याण्ड, मिजोरम, केरला, आन्ध्रप्रदेश, उत्तराखण्ड लगायतका राज्य तथा बर्मा, अष्टे«लिया, अमेरिका, जापान, लगायतका मुलुकबाट गरि पा“च सय बढि नेपाली भाषी साहित्यकार जमघट हुने सप्ताहव्यापी महोत्सव सुदूरपश्चिम प्रदेशलाई विश्व मानचित्रमा चिनाउने महत्वपूर्ण अवसरका साथै मञ्चका रुपमा रहने महोत्सव तयारीका क्रममा सबैतिरबाट दर्साएको उत्साहजनक प्रतिक्रियाबाट पुष्टि हुन्छ । काली–कर्णाली क्षेत्र नेपाली भाषा, साहित्य तथा सस्कृतिको उद्गमस्थल हो । अझ, सुदूरपश्चिम प्रदेश नेपाली भाषा, साहित्य र संस्कृतिको माउथलोका रुपमा स्थापित छ । त्यस्तै, सुदूरपश्चिम प्रदेश विविध संस्कृति तथा कलाबांगमयबीचको अपूर्व एकताको संगमस्थल हो भन्नेमा कुनै विमति रहदैन । यो महोत्सवमा विश्वभरीबाट नेपाली भाषी साहित्यकारको जमघट भएको छ । मुलकभित्र तथा मुलुक बाहिर नेपाली भाषा, संस्कृति तथा साहित्यको अवस्थाको गहन तथा गम्भीर छलफल हुने यो अवसरलाई निर्णायक बनाउन सबैले आआफ्नो ठाउबाट पहल गर्नु पर्दछ ।
सुदूरपश्चिम प्रदेश आर्थिक रुपमा कमजोर छ । सधैं केन्द्रीय सत्ताबाट ठगिएको गुनासो रहने गरेको छ । केन्द्रबाट भौगोलिक रुपमा सुदूर अर्थात् टाढा रहेको यो कर्णाली वारीको यो प्रदेश सत्ताको दृष्टिमा सधैं ओझेलमा प¥यो । केन्द्रीकृत राज्यसत्ताको दुस्परिणामको भागी सधैं यो प्रदेश तथा यहाका जनताले हुनुप¥यो । अहिले नेपालमा संघीयता लागू भएको छ । साविकको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको भुगोल नै अहिलेको सुदूरपश्चिम प्रदेश बनेको छ । पहाडी, थारु सहित विविध जाति, समुदाय, सांस्कृतिक समुहको संगमका रुपमा रहेको यो प्रदेश संस्कृति तथा कला र साहित्यका दृष्टिले निकै धनी छ भन्ने दोहोराइरहनु पर्दैन । त्यसैले अहिले यो प्रदेशलाई आर्थिक रुपमा मात्रै नभएर चेतना, भाषा, साहित्य, जागरण तथा सभ्यताको दृष्टिले समृद्ध बनाउने सुअवसर आएको छ । र, यो हामी सबैका लागि चुनौति पनि हो । अहिले धनगढीमा आयोजना भइरहेको विश्व नेपाली साहित्य महोत्सव यो प्रदेशलाई भाषा, साहित्य र संस्कृतिका दृष्टिकोणले देशको समृद्ध प्रदेशका रुपमा स्थापित गर्ने साच्चै नै ठूलो अवसरका रुपमा आएको छ ।
विश्व नेपाली साहित्य महोत्सवका अवसरमा स्थानीय, प्रादेशिक, राष्ट्रिय तथा विश्वभरीको नेपाली भाषा, साहित्य, कलासंस्कृतिका विविध पक्षमा गहन छलफल गरिने छ । र, यसले नेपाली भाषा, साहित्य तथा संस्कृतिका नखुलेका विभिन्न पाटाको उद्घाटन हुने अपेक्षा गर्न सकिन्छ । साहित्य महोत्सव मुल रुपष्मा प्राज्ञिक मञ्च हो । यो महोत्सवले सुदूरपश्चिम प्रदेशमा साहित्य मेला, महोत्सवका नयानया आयामको शुरुवात गर्ने मात्रै नभएर नया बहसको पनि थालनी गर्ने अपेक्षा गर्न सकिन्छ । त्यसैले यो महोत्सवलाई सम्पूर्ण रुपमा सफल बनाउनु सबैको दायित्व हो । खासगरि सुदूरपश्चिम प्रदेश सरकारले अभिभावकको भूमिका निर्वाह गरेर यसलाई पूर्ण रुपमा उपलब्धीमुलक बनाउने आशा गर्न सकिन्छ । त्यस्तै, धनगढी उपमहानगरपालिका सहित प्रदेृशका सबै स्थानीय तह, निजी क्षेत्रका साथै सबै पक्षले यो महोत्सवलाई साहित्यको महापर्वका रुपमा बोध गरेर आफ्नो भूमिका देखाउनु जरुरी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार