१२ श्रावण २०८१, शनिबार

सम्पादकीय : लैंगिक हिंसा अन्त्यको चुनौति



पछिल्ला वर्षहरूमा लैंगिक हिंसा विरुद्ध समाजको विभिन्न तहमा थुप्रै गतिविधि भइरहेका छन् । महिला विरुद्ध हुने कुनै पनि किसिमका भेदभाव तथा हिंसा विरुरूमा लैंगिक हिंसा विरुद्ध समाजको विभिन्न तहमा थुप्रै गतिविधि भइरहेका छन् । महिला विरुद्ध हुने कुनै पनि किसिमका भेदभाव तथा हिंसा विरुद्ध जागरुकता पनि बढेको छ । तर, अहिले पनि लैंगिक हिंसाका घटनामा कमी आउन सकेको छैन । लैंगिक समानता तथा महिला अधिकारबारे क्रियाशील संघसंस्था तथा मिडियाको भूमिकाका कारण लैंगिक हिंसाका घटना बढी सार्वजनिक भएको विश्लेषण पनि गर्ने गरिन्छ । जेसुकै विश्लेषण गरिए पनि मुख्य सवाल लैंगिक हिंसाको अन्त्य नै हो । अन्यायमा परेका पीडितले सहज ढंगले न्याय पाउने वातावरणको निर्माण हो । सरकार, प्रहरी प्रशासन, राजनीतिक क्षेत्र, समाज, परिवार तथा व्यक्ति लैंगिक हिंसा विरुद्ध कत्तिको संवेदनशील छन् र लैंगिक हिंसा न्युनिकरणका लागि मौजुदा ऐन कानुनको प्रभावकारी कार्यान्वयन हुनसकेको छ वा छैन भन्ने सवाल हो ।
महिलामाथि हुने भेदभाव तथा हिंसाको सवालमा सुदूरपश्चिमको अवस्था अझैं पनि विकराल नै रहेको पछिल्ला घटनाक्रमहरूले पनि देखाइरहेको छ । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्याको घटनाको अझैं पनि सत्यतथ्य प्रत्ता लाग्न सकेको छैन । यो घटनाले सरकार महिला हिंसा अन्त्यका लागि अझैं पनि उदासिन रहेको छ भन्ने पुष्टि गर्दछ । त्यसै पनि नेपाली समाजमा अहिले पनि सामन्ती अभ्यास र संस्कार कुनै न कुनै रुपमा विद्यमान नै छ । व्यक्ति, परिवार र समाजको मानसिकतामा सामन्तवादी सोच हट्न सकेको देखिदैन । यसले गर्दा कार्यस्थल, परिवार तथा समाजमा महिलामाथि विभेद र हिंसाको क्रम दोहोरिने गरेको देखिन्छ । तथ्यांकहरूले लैंगिक हिंसाका घटनामा कमी आउनु्को साटो बृद्धि भइरहेको देखाइरहेका छन् । लैंगिक हिंसा विरुद्धको अभियान अथवा अन्य कुनै पनि औपचारिक वा अनौपचारिक कार्यक्रम आयोजना भइरहदा गरिने चर्चामा लैंगिक हिंसाको अवस्थाप्रति चिन्ता व्यक्त हुने गरेको छ ।
लैंगिक हिंसाको अन्त्यका लागि कानूनी प्रबन्ध तथा कानूनको प्रभावकारी कार्यान्वयन मुख्य प्राथमिकता हो भन्नेमा विमति रहदैन । यसका साथै व्यक्ति स्वयंको सोच र व्यवहारमा तात्वीक परिवर्तनले मात्रै लैंगिक हिंसा तथा विभेद न्युनिकरण सम्भव छ भन्ने सबैले बोध गर्नु आवश्यक छ । लैंगिक हिंसाप्रतिको जागरुकता तथा संवेदनशीलताले नै यसको अन्त्यमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्छ भन्ने पनि बोध हुनु जरुरी हुन्छ । लैंगिक हिंसा विरुद्धका कुनै पनि सरकारी वा गैरसरकारी अभियान, कार्यक्रममा लैंगिक विभेद तथा हिंसाको अवस्थाबारे गम्भीरतापूर्वक चर्चापरिचर्चा आवश्यक हुन्छ । लैंगिक विभेद तथा हिंसा कुनै समुदाय, वर्ग वा क्षेत्र विशेषको समस्या र सवाल मात्रै होइन । निकै शिक्षित तथा आर्थिक रुपमा सम्पन्न अथवा राजनीतिक रुपमा सचेत परिवारमा समेत लैंगिक विभेद तथा हिंसाका घटना दोहोरिएको परिप्रेक्ष्यमा यो सवालमा समाजका सबै पक्षको चासो र सरोकार बृद्धि गर्ने तथा व्यक्ति, परिवार र समाजको पुरातन सोच, अभ्यास र व्यवहारमा तात्वीक परिवर्तनका लागि पहल गर्नु आवश्यक हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार