६ जेष्ठ २०८१, आईतवार

काम लगाउने, पारिश्रमिक नदिने



शेरबहादुर ऐर/धनगढी । सुदूरपश्चिम प्रदेशमा काममा लगाउने तर पारिश्रमिक दिन आलटाल गर्ने प्रवृत्तिमा बृद्धि भएको देखिएको छ । खासगरि उद्योग तथा होटलमा काम गर्ने कामदारहरूले काम अनुसारको पारिश्रमिक पाउन नसकेको गुनासो गरेका छन् । श्रम कार्यालय धनगढीमा काम अनुसारको पारिश्रमिक नपाएका भन्दै उजुरी दर्ता गराउने कामदारहरूको संख्या पनि बढेको छ ।


श्रम कार्यालय, धनगढीमा पछिल्लो तीन वर्षको अवधिमा २२ जना कामदारले काम अनुसारको पारिश्रमिक नपाएको भन्दै उजुरी दिएका छन् ।
श्रम कार्यालय धनगढीका अनुसार गत आर्थिक वर्ष २०७५/७६ मा १५ जना कामदारले उजुरी दिएका थिए ।
कार्यालयका अनुसार आर्थिक वर्ष २०७३÷७४ मा पारिश्रमिक असुल गरिपाउँ भन्दै तीन जनाले उजुरी दिएकोमा आर्थिक वर्ष २०७४÷७५ मा चार जनाले उजुरी दिएका थिए ।
श्रम कार्यालय धनगढीका सूचना अधिकारी जयदेव बिष्टले ‘चालु आर्थिक वर्षको पहिलो एक महिना साउनमा पारिश्रमिक नपाएको भन्दै सात जना कामदारको उजुरी’ परेको छ ।
श्रम कार्यालयमा दर्ता भएका अधिकांस उजुरीहरूको फच्छ्र्यौट भइसकेको जनाइएको छ । आर्थिक वर्ष २०७३÷७४ मा तीन वटा उजुरी दर्ता भएकोमा दुई, ०७४÷७५ मा चार वटा उजुरी दर्ता भएकोमा चार, ०७५÷७६ मा १५ उजुरीमध्ये १२ फच्छ्र्यौट भएको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षमा एक उजुरी फच्छर्यौट भइसकेको र अन्य उजुरीका आधारमा सम्बन्धीत उद्योग तथा प्रतिष्ठानलाई परिपत्र गरिसकेको कार्यालयका सूचना अधिकारी विष्टले बताए ।
‘पारिश्रमिक नपाएको भन्दै उजुरी दिने अधिकांस श्रमिकहरूसंग न त नियूक्त पत्र हुन्छ, न त पारिश्रमिक तोकिएको कागजपत्र’ नै उनले भने– यसले गर्दा सम्बन्धीत कम्पनीबाट असुल उपर गराउन पनि असहज हुने गरेको छ । उनले श्रमिकले नियूक्त पत्र र सरकारले तोकेको ज्यालाका आधारमा काम गर्नुपर्ने सुझाव दिए ।
सूचना अधिकारी बिष्टका अनुसार गत आर्थिक वर्ष २०७५÷७६ मा दर्ता भएका १५ उजुरीमध्ये तीनवटा उजुरी फछ्र्यौट हुन सकेका छैनन । आवश्यक प्रमाण नलिएर उजुरी दि“दा त्यस्ता श्रमिकहरूलाई पारिश्रमिक दिलाउने समस्या हुने गरेको उनले बताए ।
‘कतिपय अवस्थामा पारिश्रमिक नपाएको भन्दै उजुरी दिने र पछि पारिश्रमिक पाइसकेपछि पनि कार्यालयलाई जानकारी दिने गरिएको हुदैन’ उनले ‘यसले गर्दा उजुरीकर्ताले पारिश्रमिक पायो या पाएन भन्ने लगत पनि राख्न समस्या हुने गरेको” बताए ।
श्रमिकहरूको पारिश्रमिक पाएको नपाएको विषयमा उजुरी लि“दै आएको श्रम कार्यालयमा पछिल्लो समय लेनदेनका पनि उजुरी आउन लागेको कार्यालयले जनाएको छ । ‘यस्ता मुद्दा श्रम कार्यालयको क्षेत्राधिकार भित्र पर्दैन’ सूचना अधिकारी विष्टले ‘अदालतले हेर्ने विषयका उजुरी आएपछि आवश्यक सल्लाह दिएर पठाउने गरेको” बताए ।
उनले सुदूरपश्चिम प्रदेशमा नियूक्ति पत्र लिएर काम गर्ने र बैंकमार्फत पारिश्रमिक वितरण गर्ने प्रणालीको विकास हुन नसकेको बताए । ‘आर्थिक वर्ष २०७५÷७६ मा प्रदेशका ५३ वटा उद्योग प्रतिष्ठानमा हामीले अनुगमन तथा निरिक्षण गरेका थियौं’ उनले भने– कतिपय ठुला उद्योगले श्रम सम्बन्धी नियम पालना गरेको पाइए पनि अधिकांसले त्यो व्यवस्था लागु गरेको पाइएन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार