११ श्रावण २०८१, शुक्रबार

आज रोपाई दिवसः आकाशे पानीको भर, दश प्रतिशत पनि रोपाई भएन



धनगढी । कैलालीको वर्दगोरिया गाउ“पालिका वडा नम्बर ४ का किसान राम सिंहले लगाएको धानको विऊ सुक्न लागेको छ । धान रोपाइ गर्ने समयमा पानी नपर्दा वीऊ खेतमै सुक्न लागेको उनले बताए ।


गत वर्ष यो समयसम्म उनले धान रोपीसकेका थिए । ‘गत वर्ष त केही दिन ढिलो भए पनि असारको मध्यसम्म धान रोपिसकेको थिए, तर यो वर्ष अहिलेसम्म पानी नपर्दा धान कसरी रोप्ने भन्ने चिन्ता छ’ किसान सिंहले भने– बोरिङ्गबाट पनि पानी नै आउन छोडेको छ । उनले जमिन देखाउदै ‘यो बेला धेरै जनाको खेत रोपेर हरियो भएको देख्न सकिन्थो अहिले त सबै जमिन बाझो भएको देख्न सकिन्छ ।’
उनीमात्र होईन घोडाघोडी नगरपालिका वडा नम्बर ५ का किसान किरण चौधरीले भने– ‘आकासे पानिको भर पर्दा अहिलेसम्म रोपाई सुरुनै गरेको छैन् ।’ उनले पनि रोपाई भन्दा पनि धानको विउ“ सुक्न लागेकोमा चिन्ता व्यक्त गरे । ‘गत वर्ष असार १५ सम्म त धेरै किसानहरुको रोपाई सकिसकेको हुन्थो । अहिले त कसै कसैले मात्र बोरिङबाट नदिको पानी तानेर रोपाई गरीरहेका छन ।’
सरकारको यस वर्षको धान दिवसको नारा छ ‘धान खेतीमा प्रविधि र यान्त्रीकरण, चामल आयातमा न्यूनिकरण ।’ तर, कैलाली कञ्चनपुरका अधिकांस किसानहरु आकासे पानीको भरमा पर्दा अहिलेसम्म खेत बा“झै राख्न बाध्य छन् ।
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहात रहेको कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख गोकुलप्रसाद बोहराले भने –‘गत वर्षको तुलनामा कैलाली र कञ्चनपुरमा धान रोपाई न्यून भएको छ ।’ उनले नदीको छेउछाउ र सि“चाइको पहु“च भएको क्षेत्रमा मात्र धान रोपाई भएको बताए । यसले देखाउ“छ कि किसान अझै वर्षाको भरमा धान रोपाई गर्न बा“ध्य छन् ।
प्रमुख बोहराले भने कञ्चनपुरमा ४७ हजार पा“च सय ६७ हेक्टर र कैलालीमा ७१ हजार पा“च सयमा धान खेती गरिदै आएको छ । कुल खेतीयोग्य जमिनमध्ये १५ प्रतिशतमा मात्र धान रोपाई भएको छ ।
उनका अनुसार कैलालीमा १० प्रतिशत र कञ्चनपुरमा २० प्रतिशत धान रोपाई भएको जनाइएको छ ।
कैलाली कञ्चनपुरभन्दा पहाडी जिल्लामा बढी धान रोपाई भएको प्रदेश कृषि निर्देशनालयले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशमा असारको दोस्रो सातासम्म करिब ३५ प्रतिशतमा धान रोपाई भएको छ । एक लाख ८१ हजार चार सय २४ हेक्टर क्षेत्रफलमा धान रोपाई हु“दै आएको यस प्रदेशमा ३५ प्रतिशत जग्गामा धान रोपाई भईसकेको प्रदेश कृषि निर्देशनालय दिपायलले जनाएको छ ।
गत वर्ष असार दोस्रो सातासम्म ३८ प्रतिशतमा धान रोपाईं भइसकेको थियो । आर्थिक वर्ष ०७३÷७४ को असारसम्म ४३ दशमलब ६१ प्रतिशत जग्गामा धान रोपाई भइसकेको थियो ।
प्रदेश कृषि निर्देशनालयका निर्देशक गोपाल लामिछानेले वर्षा नहु“दा नदिका किनार र सिञ्क्षित क्षेत्रमा मात्र धान रोपाई भएको छ । निर्देशनालयका अनुसार प्रदेशका पहाडी जिल्लामा बढी धान रोपाई भएको जनाइएको छ ।
प्रदेशको भुमि व्यवस्था तथा कृषि तथा सहकारी मन्त्रालयका अनुसार कुल खेतीयोग्य जमिनको ५४ दशमलब तीन प्रतिशत क्षेत्रमा मात्र सिंचित रहेको तथ्यांकमा उल्लेख छ ।
प्रदेश निर्देशनालयका अनुसार यस वर्ष असार १४ गतेसम्म सबैभन्दा बढी दार्चुलामा ५१ प्रतिशत र सबैभन्दा कम कैलालीमा धान रोपाई भएको छ ।
प्रदेशमा वर्षेनी भारतबाट चामल आयातको बढ्दै गएको छ । मन्त्रालयले यस वर्षदेखि चामल आयातमा न्यूनिकरण गर्न मसिनो चामलको उत्पादनमा बृद्धि गर्न विशेष कार्यक्रम ल्याएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार