२ जेष्ठ २०८१, बुधबार

निर्मला हत्याकाण्ड: छानबिनकामा कुकुरको प्रयोग किन गरिएन ?



काठमाडौ । प्रहरी अनुसन्धानप्रति शुरुदेखि नै आशंका गरिएको कञ्चनपुरकी निर्मला पन्त हत्या घटनाको छानबिनमा तालिमप्राप्त कुकुरको प्रयोग किन गरिएन भन्ने अर्को प्रकरण शुरु भएको छ । निर्मला हत्या घटनाको छानबिन गरिरहेको अनुसन्धान समितिले पछिल्लो पटक प्रहरीको केन्द्रीय डग स्कुलस“ग ‘निर्मला हत्या घटनाको अनुसन्धानमा कुकुर प्रयोग गर्न सक्ने अवस्था थियो कि थिएन ?’ भनेर सोधपुछ गरेको छ । स्रोतका अनुसार डग स्कुलले ‘निर्मलाको केसमा कुकुरको प्रयोग गर्नसक्ने अवस्था नरहेको’ भनेर जवाफ पठाएको छ ।
डक स्कुलले मान्छेको गन्ध सु“घेर कुकुरले अपराधी पत्ता लगाउने भए पनि निर्मलाको शव पानीमाथि रहेको र पानीमा गन्ध नहुने भएकाले कुकुरको प्रयोग गर्न सक्ने अवस्था नरहेको जवाफ फर्काएको बताइएको छ ।
डग स्कुलले ‘औंठा छाप कसैस“ग नमिलेजस्तोे प्रत्येक मान्छेमा हुने गन्ध फरकफरक हुन्छ । एक मान्छेको गन्ध अर्कास“ग मिल्दैन । अपराध भएको ठाउ“को गन्ध सु“घेर कुकुरले अपराधी पत्ता लगाउने हो, तर घटनास्थल पानी भएको ठाउ“मा भएकाले कुकुरले गन्ध पत्ता लगाउनसक्ने अवस्था थिएन’ भन्ने जवाफ दिएको बताइएको छ ।
‘निर्मलाको किताब र साइकल देखेको भनेको ठाउ“मा भोलिपल्ट स्थानीय गएर खोज्दा बोल्न नसक्ने एक व्यक्तिले साइकल पुछ्दै गरेको अवस्थामा भेटिएको भनिएको थियो । किताब र साइकल भएको ठाउ“ पनि सुरक्षित नभएकाले त्यहा“ पनि कुकुरको प्रयोग गर्न नसकिएको’ डग स्कुलको जवाफ छ ।
विज्ञहरूका अनुसार पानीस“गै चर्को घाममा पनि मान्छेको गन्ध उडिसक्ने हु“दा त्यस्तो अवस्थामा पनि कुकुरको प्रयोग गर्न सकिदैन । कुकुरको प्रयोग घटनास्थल सुरक्षित राखेर जतिसक्दो छिटो २४ घण्टाभित्र प्रयोग गर्न सक्नु पर्छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली घटना भएको तीन दिनपछि कञ्चनपुर पुगेकाले त्यसबेला सबै प्रमाण नष्ट भइसकेकाले कुकुर प्रयोगको कुनै औचित्य नभएको सिआइबीका निलम्बित डिएसपी अंगुर जिसीले जवाफ फर्काएको बताइन्छ ।
निर्मलाको हत्यापछि प्रहरीले अनुसन्धानमा चरम लापरवाही गरेको, घटनास्थलको प्रमाण नष्ट गरेको भन्ने आरोपस“गै स्थानीयवासीले अनुसन्धानमा कुकुर प्रयोग नगरेको भन्दै चर्को विरोध गरेका थिए ।
स्थानीयको विरोधस“गै अनुसन्धानमा लापरवाही गरेको र प्रमाण नष्ट गरेको प्रारम्भिक अनुसन्धानको चरणमा देखिएपछि अनुसन्धानमा खटिएका प्रहरीलाई निलम्बन गरेर अनुसन्धान भइरहेको छ ।
गृह मन्त्रालयले भदौ ७ गते सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । समितिले भदौ ३० गते प्रारम्भिक प्रतिवेदन बुझाउ“दै अनुसन्धानमा खटिएको प्रहरीले गल्ती गरेको औंल्याएको थियो ।
त्यसपछि कञ्चनपुरका तत्कालीन डिएसपी ज्ञानबहादुर सेटी, सिआइबीका डिएसपी अंगुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट, एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गरिएको थियो । यसभन्दा अघि नै कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट निलम्बनमा परेका थिए ।
प्रहरीको अनुसन्धानमै लापरवाही भएको पाइएपछि अनुसन्धानमा खटिएका प्रहरीको भूमिकामाथि अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले एआइजी धिरु बस्न्यातको नेतृत्वमा ९ सदस्यीय समिति गठन गरेको थियो । समितिले आइतबार मात्रै निलम्बित पा“चै जना प्रहरी अधिकारीको पोलिग्राफ परीक्षण गरेको छ ।
निर्मलाको सुरुवाल धोएकोलगायत प्रहरीको अन्य भूमिकाको बारेमा पोलिग्राफ परीक्षणको क्रममा सोधिएको थियो । स“गै समितिले अनुसन्धानमा खटिएको प्रहरीले कुकुर प्रयोग किन नगरेको भन्ने बारेमा पनि सोधपुछ गरेको छ ।
बस्न्यात नेतृत्वको समितिले प्रहरीको अन्य भूमिकाबारे पनि अनुसन्धान गरिरहेको छ । एसपी विष्ट, उनका छोरा किरण विष्ट, भीमदत्त नगरपालिकका मेयर सुरेन्द्र विष्टका भतिजा आयुषको डिएन परीक्षण गरिएको छ । समितिले निलम्बित प्रहरी अधिकारीको मोबाइल, कल डिटेल लगायतका कुराहरू पनि चेक गरिसकेको छ ।
अहिले निर्मला हत्याको अनुसन्धान सिआइबीका एसएसपी ठाकुर ज्ञवाली, कञ्चनपुरका एसपी कुवेर कडायतले गरिरहेका छन् भने एसपी दुर्गा सिंहले पीडित परिवार र स्थानीयवासीस“ग समन्वयको भूमिका निर्वाह गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार