सामाजिक सञ्जालले किशोरकिशोरीमा पारेको प्रभाव
कैलालीको टीकापुरको एक किशोरीले कक्षा ९ मा अध्ययन गर्दागर्दै सोही ठाउँमा काठको काम गर्ने एक जना वयश्कसँग विहे गरिन् । आमाबुबाले विद्यालयको शुल्क नतिर्नेे, पकेट खर्च माग्दा उल्टै ‘पोइल जा’ भनेर गाली गर्ने आदि कारण वाक्क भएर उनी यस्ता आमाबाबुसँग किन बस्ने भन्दै राति केटालाई बोलाएर उनीसंग हिँडिन् । नाबालक छोरी विहे गरेर गएपछि आमाबाबु रुँदै भन्छन्– ‘हजुर र राम्रै विद्यालयमा छोराछोरीलाई पढाएका थियौं ।
छोरीले कहाँबाट मोबाइल ल्याई छे । त्यसपछि जतिखेर पनि पढाईमा भन्दा पनि मोवाइलमा नै खेलिरहन्थी । त्यसपछि कता भागी छे, कहाँ छे, कुनै जानकारी छैन ।’
आमाबाबुले यो सूचना बाल हेल्पलाइनको नि:शुल्क फोनमार्फत दिएका थिए । खबर प्राप्त भएपछि उनको खोजी गरियो । केही दिनमै केटाकेटी दुवै फेला परे । घटनाको अध्ययनमा हसुलियामा स्थायी घर भएका एक वयश्कले उनलाई भगाएको खुल्न आयो । किशोरी भन्छिन्– मैले जे गरे गरे, अब म फर्केर टीकापुर जान्न । दु:ख सुख जे पर्ला यही यसै केटासँग बस्छु । यतै पढ्छु ।
कैलालीकै लम्कीमा बिहानको ट्युशन कक्षा पढ्न जाने एक किशोरीको एक किशोरसँग प्रेम चक्कर चल्यो । ती किशोरीले केही दिन त्यही केटासंग विताइन् । केही समयपछि त्यो केटाभन्दा राम्रो केटा पाएँ भन्दै दोस्रो केटासंग विहे गरिन् । अहिले ती बालिका घर न घाटकी भएकी छन् । दोस्रो केटाले पहिलो केटाका बारेमा थाह नपाएर ती केटीसँग विहे गर्यो । तर, पछि केटीको विगत थाह पाएपछि केटीलाई ‘आफ्नो सुर गर्’ भनेर ऊ रोजगारी गर्छु भनेर भारततिर लागेको छ ।
आफ्नो संस्कार संस्कृति जोगाउनु सबैको कर्तव्य, जिम्मेवारी र दायित्व हो । तर यहाँ यो विषय अलि पेचिलो बनिरहेको देखिएको छ । |
यी दुई घटना प्रतिनिधि उदाहरणका घटना मात्र हुन् । यस्ता प्रकृतिका घटना. हुनुमा को दोषी हो, कसलाई दोषी ठान्ने ? एकथरी आमाबाबुले पढ्नु भन्दा पोइल जाने र अर्कोथरी बाबुआमाले अब विहे गर्ने भने पछि म पढछु भन्ने । यस्ता दुई किसिमका पात्रहरू अहिले समाजमा प्रशस्त मात्रामा देखिन थालेको छ ।
इन्टरनेट अनलाइनबाट हुने सम्पुर्ण हानीहरू, जस्तै बालबालिका यौन दुराचारीहरूको चंगुलबाट जोगिन पाउनु, बालबालिकाको यौन शोषण चित्रण आदिबाट जोगिन पाउनु हाम्रो अधिकार हो । यसबाट सुरक्षित रहन आफ्नो पासवर्ड अरूलाई नदिनु, नचिनेकाहरूसँग सामाजिक सञ्जालमा सम्पर्क नगर्ने, अनावश्यक रूपमा आफ्ना साथीहरूको फोटो नराख्ने, अश्लिल, जोखिमपूर्ण तथा वयस्कका लागि राखिएका सामग्री नहेर्ने, सामाजिक सञ्जालमा अनावश्य लामो समय नविताउने हाम्रो जिम्मेवारी हो ।
जोशका बेला होस नराखी जसरी पनि म त्यहि केटा वा केटीसँग विहे नगरी छाड्दिन भन्नु सामाजिक सञ्जालको प्रभाव देखिन थालेको हेल्पलाईनमा आएको फोनको आधारलाई मान्न सकिन्छ । तुरुन्तै विहे गर्ने । शुरु र अन्त्य नै शारीरिक सम्बन्धका कारण सानै उमेरमा गर्भवती बन्ने चलन बढेको छ । अन्त्यमा परिवार नियोजनको साधन प्रयोग नगरेका कारणले आज मेरो अवस्था यस्तो भयो अब म बाँच्नु भन्दा मर्नु नै ठिक हुन्छ भनेर परिवारलाई पीडामा पारेका घटना पनि कम छैनन् । अहिले दिनहुँजसो थुप्रै क्लिनिकहरूमा स्कुल कलेजका किशोरीहरू असुरक्षित सम्बन्धपछि रहेको गर्भ फाल्नका लागि धाउने गरेको पाइन्छ । विद्यालय उमेरका किशोर किशोरीहरूले शारीरिक सम्वन्धलाई निकै सहज रुपमा लिने गर्दा र सुरक्षा नअपनाउँदा यसको असर विकराल बन्दै गएको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाको एक सामान्य परिवारकी बालिकालाई उसैको छिमेकी केटाले आफ्नै मोवाइलमा फेसबुक एकाउन्ट खोलिदियो । उसलाई बेलाबेलामा मोबाइल सेट पनि दिने गरेको थियो । कति अर्कोको मोबाइलबाट मात्र कुरा गर्ने भनेर घरमा बाआमालाई मलाई पनि एउटा मोवाईल किनिदिनु पर्दछ भनेपछि बाआमाले छोरीको लागि मोवाईल किनिदिए । शुरुमा ती बालिकालाई नयाँ मोबाइल चलाउन आएन । फेरि पनि सिक्नका लागि उही केटालाई भनिन् । उसले सिकाई दियो । तर, उसले सिक्नुपर्ने कुरा मात्र सिकाएन कि नचाहिने कुरा, निलो फिल्म पठाउने र एकैदिन २०० देखि २५० जनासम्मको मानिसहरूले लाइक गर्ने वातावरण सिर्जना गरिदियो । ती केटीलाई घरमा मुस्किल हुंन थाल्यो र पछि उनले बालहेल्पलाईनमा फोन गरिन् । हामी गयौं र जिल्ला प्रहरी कार्यालयमा ठाडो निवेदन दर्ता गरि खोजी कार्यमा लाग्न प्रहरीलाई सहयोग गर्यौं । यसबाट पनि के सिद्ध हुन्छ भने इन्टरनेटबाट ससांर हेर्न पनि सकिन्छ । त्यहाँभित्र छिरेपछि निस्कन पनि बढो मुस्किल हुन्छ । राम्रा कुरा मात्र खोजी गर्नेले भविष्य बनाउछ भने नराम्रा कुराका खोजिमा लाग्ने युवा युवतीले आफूहरूलाई विगार्ने काम पनि गरिरहेको हामीले देखेका छौं, यसले भविष्य डुवाउँछ । हत्या, आतंक, शारीरिक यौन दुव्र्यवहार, देखि अन्य गतिविधिमा समेत सहभागि भएका छन् ।
धनगढी उपमहानगरपालिकामा मात्र होइन, अहिले कुनै पनि सहरमा बिहानदेखि नै पढाई सञ्चालन हुने गर्दछ । बिहान ५ बजेदेखि सडक, गल्ली र चोकहरूमा साथी पर्खेरसँगै जानेहरू पनि थुप्रै छन् । सस्तो मूल्यमा पाइने र सक्ने परिवारका बाबुआमाले राम्रो गुणस्तरको मोवाईल सेट छोराछोरीलाई उपलब्ध गराइदिन्छन् । साथीसाथीबीच भेटघाट हुने, दिनहरू बिताउँदै जाने र अन्त्यमा शारीरिक सम्वन्धका कारण उनीहरूबीच फाटो आउने, पढाईमा बाधा पुग्न जानुका साथै परिवार नै समस्याग्रस्त भएका पनि उदाहरण छन् ।
विहे गर्ने उमेर २० वर्ष तोकिएकाले त्यसअघिका शारीरिक सम्बन्ध पनि राख्न हुन्न भन्न खोजिएको हो तर समय धरै अघि बढिसकेको छ । अहिले यौन सम्बन्धलाई सहज रुपमा लिने र मनोरञ्जनका लागि मात्र प्रयोग गर्ने गरेका कारण धेरै गर्भ फाल्दा किशोरीको प्रजनन क्षमतामा हस आउने खतरा पनि उत्तिकै बढेको छ । चिकित्सकको बुझाइमा २० वर्ष मुनिका किशोरीहरूमा गर्भ पतन बढनुमा असुरक्षित यौन सम्पर्क, अस्थायी साधनको प्रयोग नगर्नु । यौन शिक्षा बारे पर्याप्त ज्ञान नहुनु नै हो ।
हाम्रो संस्कारमा छ, छोरीलाई बात लागेपछि बिक्न गाह्रो हुन्छ । तै पनि हाम्रो समुदायमा किशोरहरू छेउमा बस्न पाएको हुंदैन किशोरीलाई लामो हात गर्न थाल्छन् । यसको कारण फेरी पनि भन्ने गरिन्छ माया सबै भन्दा ठुलो कुरा हो । तर यहां यो शारिरिक सम्वन्धमा गएर टुंगिएपछि बिकराल रूप लिएको छ ।
आफ्नो संस्कार संस्कृति जोगाउनु सबैको कर्तव्य, जिम्मेवारी र दायित्व हो । तर यहाँ यो विषय अलि पेचिलो बनिरहेको देखिएको छ । धनगढीमा कक्षा ९ मा अध्ययनरत बलिका अझ सानै कक्षादेखि एक सोहि कक्षामा अध्ययनरत बालकसँगै आउने जाने गर्दा गर्दै मायामा फसेछन् । घरपरिवार सबै बिर्सेर ती बालिका सोहि केटासँग लागिन । बाबुआमाले खोज्न थाले । केही दिन पछि फेला पारे । भिन्दै बसिसकेका रहेछन् । सँगै बस्दा बालिकालाई थाहा भयो यो केटा बद्मास रहेछ । चोरी चकारी काममा सम्लग्न रहेछ । म यो संग जिन्दगी बिताउन सक्दीन भनेर कसैलाई दोष नदेखाई आफै दोषी बनि अन्तिम अवस्थामा जिल्ला प्रहरी कार्यालय दुबै पुगे । विहे गर्ने उमेर नपुगेका ती दुबैलाई पृथक किसिमले संझाई केटीलाई पनि सोहि अनुसार नै गर्न खोज्दा बाबुआमाले छोरा छोरी त्याग्न सकिन्छ तर समाज र समुदाय त्याग्न नसक्ने बताए । पुरानो खानदानी र जकडिएको समाजले यसलाई सजिलै स्किागर्न मुस्किल देखियो ।
अन्तमा : सूचना प्रविधिको विकास जुन गतिमा नेपालमा भएको छ । त्यो मात्रामा शिक्षाको व्यवहारिक कार्यान्वयन हुन सकेको छैन । कुनै बेला कक्षा ६ र ७ मा नैतिक शिक्षाको पढाइ हुने थियो भने आज त्यो पनि छैन । त्यसले केही नैतिक ज्ञान दिएको थियो । केही सुधारका पक्षहरू थिए, तर आज त्यो छैन । अवको सरकारले प्रजनन शिक्षा, यौन शिक्षा, हत्या हिंसा बलत्कार जस्ता विषयलाई पाठ्क्रममा नै विकास नगरे र सुचना, अभिलेख, शिक्षालाई व्यवस्थित गर्न नसके अवका दिनहरूमा बढदै जाने यी र यस किसिमका घटना बढ्दै जाने देखिन्छ ।