१४ बैशाख २०८१, शुक्रबार

प्रसिद्ध अभिनेता ओम पुरीको निधन



मुम्बई । बलिउडका प्रसिद्ध अभिनेता ओम पुरीको शुक्रवार बिहान निधन भएको छ । ह्दयघातको कारण उनको निधन भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

६६ वर्षको उमेरमा मुम्बईमा उनले अन्तिम सास लिएको परिवारका सदस्यले बताए । पञ्जाबको पटियालामा प्रारम्भिक शिक्षा लिएका ओम पुरीले सन १९७३ मा राष्ट्रिय नाट्य विद्यालयवाट स्नातक गरेका थिए ।

१९७६ मा पुणे फिल्म संस्थानवाट प्रशिक्षण लिएका ओम पुरीले डेढ वर्ष अभिनय प्रशिक्षण लिएका थिए । त्यसपछि उनले निजी थिएटर ‘मजमा’ स्थापना गरेका थिए ।

सन १९७६ मा मराठी फिल्मवाट घासीराम कोतवालवाट करिअर सुरु गरेका थिए । ३०० बढी हिन्दी फिल्ममा काम गरेका ओम पुरीले हलिउड फिल्ममा समेत अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार