१४ बैशाख २०८१, शुक्रबार

करिनालाई पुत्रलाभ, छोराको नाम ताइमुर राखियो



गर्भवती भएदेखि नै बलिउड नायिका करिना कपुर चर्चामा छिन् । करिनाले नायक सैफअली खानसँग केहि समय अगाडि प्रेम बिबाह गरेकी थिइन् ।
करिनाले डिसेम्बर महिनामा सन्तानलाई जन्म दिने समाचार सार्वजनिक भैरहेका थिए । उनै, नायिकाले आज बिहान नेपाली समय अनुसार पौने ८ बजे छोरालाई जन्म दिएको भारतीय मिडियाले बताएका छन् ।

चर्चित भारतीय अनलाइन बलिउड लाइफका अनुसार करिनाले बिहान छोरालाई जन्म दिएकी हुन् । तर, छोराको तस्बिर भने सार्वजनिक गरिएको छैन ।
करिनालाई आज बिहानै अकस्मात पेट दुख्न थालेको थियो । यसपछि, उनलाई अस्पताल भर्ना गरिएको थियो ।

करिनाले छोरालाई जन्म दिएपछि उनका परिवार र नजिकका साथीभाई अस्पताल पुग्न थालेको अनलाइनको दाबी छ । करिनाका आमा-बुबा, दिदी करिश्मा, पति सैफअली खान पनि अस्पताल पुगेका थिए । सामाजिक संजालमा पनि करिनालाई वधाई आउन सुरु भएको छ । यसैविच, करिनाका छोराको नाम ताइमुर अली खान राखिएको छ । भारतीय मिडियाले उनको नाम ताइमुर राखिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार