१४ बैशाख २०८१, शुक्रबार

मिस एण्ड मिस्टर सुदूरपश्चिमाञ्चलको उपाधि एलिशा र विवेकलाई



धनगढी । चौथो मिस एण्ड मिस्टर सुदूरपश्चिमाञ्चल टुरिज्म् नेपालको उपाधि एलिशा गौतम र विवेक जोशीले हात पारेका छन् ।
शनिबार धनगढीमा भएको फाईनल प्रतिस्पर्धामा उनीहरु उपाधि हात पारेका हुन । उपाधिसँगै विजेता गौतमले स्कुटी र जोशीले मोटरसाईकल समेत प्राप्त गरेका छन् ।त्यस्तै, प्रतियोगितामा महिला र पुरुषतर्फ फस्ट रनरअप क्रमशः जेनिफर वेद र प्रशान्त खड्का घोषित भए भने सेकेण्ड रनरअपको उपाधी असुति सिंह र सन्तोष ओझाले प्राप्त गरे ।
अप इन्टरटेइनमेन्ट इन्टरनेशनल प्रालिको आयोजना भएको फाईनल प्रतिस्पर्धामा नेपाली फिल्म जगतका महानायक राजेश हमाल, नायिका सञ्चिता लुइटेल, मिस एशिया प्यासिफिक चन्द्रा थापा गिरी, गोपाल सुन्दरलाल कक्षपति निर्णायकको भूमिका रहेको अप इन्टरटेनमेन्टका निर्देशक सारा थापाले बताइन् । मिस एण्ड मिस्टर सुदूरपश्चिमाञ्चल टुरिज्म्को अडिशन राउण्डमा तीन सयभन्दा बढीको सहभागिता भएकोमा फाइनलका लागि १३ केटी र १३ केटा गरी जम्मा २६ जनाले प्रतिस्पर्धा गरेको आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार