१४ बैशाख २०८१, शुक्रबार

छोरीलाई डेब्यू गराइदिन भन्दै शाहरुखले गुहारे भन्साली



बलिउडमा नातावादको विषयलाई लिएर जति बहस छेडिए पनि यो झन् झन् झांगिदै गइरहेको छ । आफ्नो बाबुआमाको नाम भजाउँदै अबको दुई वर्षभित्र करिब एक दर्जन स्टार किड्सहरु फिल्म इन्डष्ट्रीमा आउन सक्ने भारतीय मिडियाले जनाएका छन् ।
यसरी बलिउड इन्ट्रीको तयारीमा रहेका स्टार किड्समध्ये सबैभन्दा बढि चर्चा छ, शाहरुख खानकी छोरी सुहाना खानको । उनले एक वा दुई वर्षभित्र डेब्यू गर्ने पक्का छ । तर, कुन फिल्मबाट भन्ने अहिलेसम्म तय भएको छैन । यसमा धेरै सम्भावनाहरु देखिएका छन् ।
यसैबीच आफ्नी छोरीलाई डेब्यू गराइदिन भन्दै शाहरुख निर्देशक सञ्जय लिला भन्सालीकहाँ पुगेको खबर छ । भन्सालीले यसमा सकारात्मक जवाफ दिएका छन् ।
सुहानाले कमर्सियलभन्दा पनि फरक प्रकारको फिल्मबाट स्टार्ट गर्न चाहेकाले शाहरुख भन्सालीको दैलोमा पुगेका हुन् । उनले छोरीका लागि फरक खालको कथा खोजिदिन समेत आग्रह गरेका थिए । स्त्रिmप्ट र रोल चित्त बुझेमा न्यून पारिश्रमिकमा काम गर्न पनि छोरी तयार रहेको उनले भन्सालीलाई बताए ।
नयाँ कलाकारहरुलाई स्टार बनाउन भन्साली कहलिएका छन् । रणवीर कपुर र सोनम कपुर उनकै उत्पादन हुन् । यस्तै रणवीर सिंह र दिपिका पादुकोणलाई स्टार बनाउन पनि उनको ठूलो हात छ । दिपिका र रणवीरको जोडी बनाएर उनले तीनवटा ब्लकबस्टर दिइसकेका छन् । अहिले यो जोडीबाट पनि उनी अघाइसकेको र नयाँ कलाकारहरुको खोजीमा रहेको बताइएको छ । समाचारअनुसार उनी आगामी २ वर्षभित्र ६-७ जना स्टार किड्सहरुलाई लन्च गर्नेवाला छन् ।
शाहरुखकी छोरी मात्र नभएर छोरा आर्यन पनि बलिउडमा आउन आतुर छन् । तर, उनीमाथि खासै कुनै निर्माता-निर्देशकले चासो दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार