१५ बैशाख २०८१, शनिबार

यी हुन् भोजपुरीकी शनि लियोनी, विराज भट्टकी जाेडी



शनि लियोनी जस्तै देखिने भोजपुरी एक्ट्रेस पल्लवी सिंहले आफ्नो ओनरमा मात्र होइन नाम समेत बदलेर शनि राखेकी छिन्, पल्लवी बलीउड अभिनत्री शनिको हरेक एक अन्दाजको कपी गर्ने गर्छिन ।
भोजपुरी फिल्ममा पल्लवी उर्फ शनिको पपुरालिटीको मुख्य कारण यो पनि हो कि अब मानिसहरू उनको रियल नामले होइन केवल शनि सिंह भनेर बोलाउने गछन । बताइदिउँ कि पल्लवीले हालैमा फ्रेण्ड्ससँग आफ्नो बर्थडे सेलिब्रेट गरेकी थिइन ।
भोजपुरी फिल्ममा काम गरेकी एक्ट्रेस पल्लवी सिंहका फ्रेण्डहरु सधैँ नै भन्ने गर्छ कि उनको फेस धेरै हदसम्म शनिसँग मिल्छ । यतिमात्र होइन पल्लवीको फिगर पनि शनि लियोनी जस्तै छ । शनि उर्फ पल्लवीले भनेकी छिन्, ‘जब मैले फिल्म गर्ने फैसला लिए तब मेरो परिवार निकै निराश हुनुहुन्थ्यो । उहाँहरूले भन्नु भएको थियो फिल्म गर्नुभन्दा राम्रो त एउटा राम्रो जागिर गर । तर मेरो जिदको अगाडी परिवारको पनि केही सिप लागेन र उहाँहरूले मलाई भोजपुरी फिल्ममा काम गर्न दिनु भयो ।’
भोजपुरी फिल्म इन्डष्ट्रीमा पल्लवीको जोडी नेपाली मूलका भोजपुरी सुपरस्टार विराज भट्टसँग निकै सुहाउने गरेको दर्शकहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार