१५ बैशाख २०८१, शनिबार

नानीको बानी



नानी थापा, उनलाई चिनाउने केही विशेषण छन् । उनी नाट्यकर्मी हुन् । मोडल हुन् । मनोविज्ञ हुन् । फोटोग्राफर हुन् ।
कानुन, समाजशास्त्र र मनोविज्ञान जस्ता छुटाछुटै ती वटा विषयमा स्नातकोत्तर गरेकी नानीलाई थुप्रै डाइमेन्सनबाट हेर्न सकिन्छ ।
सिन्धुपाल्चोकवाट अध्ययनको सिलसिलामा काठमाडौं छिरेकी नानी ‘मिस हेरिटेज इन्टरनेशनल-२०१४’ कि विजेता हुन्, कोरियोग्राफर हुन्, फोटोग्राफर हुन् । कहिले उनी ग्ल्यामर दुनियामा रमाइरहेकी हुन्छिन् भने कहिले बालबालिकाको सेवामा खटिइरहेकी हुन्छिन् ।
‘क्राउन नेपाल’ नामक संस्था खोलेर उनी वाल वालिकाको हक हित र संरक्षणमा लागिरहेकी छिन् ।
उनलाई चिनाउन ‘जुनकिरी’लाई जोड्न सकिन्छ, जो उनको एकल नाट्य-वाचन हो । आफैले लेखेको, आफैले परिकल्पना गरेको, आफैले निर्देशन गरेको र आफैले अभिनय गरेको । यो नाटकलाई उनले बेलामौकामा प्रस्तुत गरिसकेकी छिन् ।
यसअघि ‘अ ब्युटिफुल वुमन’, ‘वेचिएकी चेली’, ‘पुलती’ लगायत आधा दर्जन नाटकमा उनले लेखन, निर्देशन र अभिनय गरिसकेकी छिन् ।
उनै नानीले यसपाली अनलाइनखबरसँग फोटोसुट गराइन् । पशुपतिनाथमाथिको जंगल र मठमन्दिरलाई पृष्टभूमी बनाएर उनले साउनको फ्लेबरमा फोटोसुट गराएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार