१४ बैशाख २०८१, शुक्रबार

‘रोमियो एण्ड मुना’ चलचित्रको नयाँ गीत सार्वजनिक



चलचित्र ‘रोमियो एण्ड मुना’ को नयाँ गीत सार्वजनिक भएको छ। ‘पल पल’बोलको सार्वजनिक गीतमा नायक विनय श्रेष्ठ र नायिका सृष्टि श्रेष्ठ फिचर गरेका छन्।
सुक्मित गुरुङको आवाज रहेको गीतमा विश्व शाहीको शब्द तथा संगीत छ। गीतका कोरियोग्राफर राजिव समर र नरेश कुमार केसी रहेका छन्। नरेश कुमार केसीले निर्देशन गरेको ‘रोमियो एण्ड मुना’ लाई दिपाङकर सिक्देर र बाबु श्रेष्ठले खिचेका हुन्।
चलचित्रमामा प्रज्वल सुजल गिरी, सुष्मा कार्की, सुरक्षा पन्त लगायतका कलाकारहरुको पनि अभिनय छ।चलचित्रको साउन ११ गते प्रदर्शन हुने मिति तय गरेको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार