२३ बैशाख २०८१, आईतवार

सुदूरपश्चिमका को को आउलान फेरि एमालेको केन्द्रमा



धनगढी / नेकपा (एमाले) को केन्द्रीय कमिटीमा सुदूरपश्चिम प्रदेशबाट १७ जना छन् । ती मध्ये अव दशौ महाधिवेशनबाट कति जना फेरि चुनिएलान भन्ने चासो अहिले चलिरहेको छ ।

हालको केन्द्रीय कमिटीमा नवौ महाधिवेशनबाट डा। भीमबहादुर रावल (उपाध्यक्ष), कर्णबहादुर थापा (प्रदेश अध्यक्ष समेत) , महेश्वर पाठक, गणेश ठगुन्ना, लालबहादुर थापा, निरुदेवी पाल, प्रकाशबहादुर शाह र भैरववहादुर सिंह निर्वाचित भएका थिए ।

नवौ महाधिवेशनमा निर्वाचित गरिमा शाह, रामकुमार ज्ञवाली, प्रेम आलेमगर , निरा जैरु र विक्रम शाही भने एमाले विभाजनपछि नेकपा (एकीकृत समाजवादी) आवद्ध भएका छन् ।

यस्तै गरेर एमालेले विभिन्न समयमा झपटबहादुर रावल, नारदमुनी राना, गौरी ओली, दीपकप्रसाद देवकोटा, र राजेन्द्र रावल मनोनित भएका थिए ।
एमालेमा माओवादीबाट प्रवेश गरेका लेखराज भट्ट (स्थायी समिति सदस्य), गौरीशंकर चौधरी र झपट बोहरा केन्द्रीय कमिटीमा छन् ।

यस्तै गरेर कैलालीका ०६४ संविधान सभा सदस्य लीला भण्डारी तत्कालिन नयाँ शक्तिबाट आएपछि केन्द्रीय सदस्यको भूमिका छिन् ।

१७ जनामध्ये उपाध्यक्ष डा. रावलले केन्द्रीय अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।

स्थायी समिति सदस्य लेखराज भटट् र प्रदेश अध्यक्ष कर्णबहादुर थापा पनि पदाधीकारीमा लड्ने बताइएको छ ।

हालका केन्द्रीय सदस्य महेश्वर पाठक अव फेरि महाधिवेशनमा नउठ्ने बताइएको छ । वाँकी १३ जना पनि केन्द्रीय सदस्यहरु पदाधीकारी, भूगोल, आरक्षित क्षेत्र वा खुला कताबाट केन्द्रीय सदस्य हुने भन्ने निश्चित भएको छैन् ।

यी पनि पढ्नुस

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार