७ बैशाख २०८१, शुक्रबार

उपमेयर सृष्टी रेग्मीले एमालेको जिल्ला कमिटी सदस्यबाट दिइन राजिनामा



बाजुरा / नेकपा (एमाले ) बाजुरा जिल्ला कमिटीकी सदस्य तथा बुढिनन्दा नगरपालिकाकी उप प्रमुख सृष्टि रेग्मीले महाधिवेशन प्रतिनिधिमा छनौट नभएपछि जिल्ला कमिटी सदस्यबाट राजीनामा दिएकी छिन ।

रेग्मीले एक विज्ञप्ति जारी गर्दै पार्टीमा बस्नुको औचित्य नभएको जनाएकी छिन ।

जिल्ला अध्यक्षलाई लेखिएको राजीनामा पत्रमा जिल्लाको पछिल्लो राजनीतिक घटनाक्रम र परिवेशमा नेकपा एमालेको जिल्ला कमिटी सदस्यको हैसियतमा काम गरिहाल्ने औचित्यता नरहेकाले राजीनामा दिएको बताएकी छन् ।

एमाले स्रोतले भने सबै पालिकाबाट सकेसम्म एकजना समेट्ने क्रममा उनलाई प्रतिनिधि ल्याउन नसकेको बताएको छ । यद्यपी बुढीनन्दा नगरपालिकाबाट प्रदेश सभा सदस्य तथा एमालेका प्रदेश कमिटी उपसचिव वलदेव रेग्मी, जनककुमार वोहरा र सहदेव वोगटी महाधिवेशन प्रतिनिधि छनौट भएका छन् ।

प्रदेश सभा सदस्य रेग्मी सृष्टीका सहोदर काका पनि हुन ।

बाजुराबाट सहमतिय प्रक्रियाबाट २० जना प्रतिनिधि छनौट भएका छन् ।

पुराना नेता मीनबहादुर विष्ट, युवा नेता तथा बुढीगंगा नगरपालिकाका मेयरका प्रत्यासी रामबहादुर बाँनिया पनि महाधिवेशन प्रतिनिधि हुनबाट वञ्चित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार