१४ बैशाख २०८१, शुक्रबार

कैलाली क्षेत्र नम्बर २ मा फेरि प्रतिनिधि छनौट गर्नुपर्ने उपाध्यक्ष डा. रावलको माग (हेर्नुस विज्ञप्तीको पूर्ण पाठ समेत)




धनगढी / नेकपा (एमाले)का उपाध्यक्ष डा. भीम रावलेले कैलाली क्षेत्र नम्बर २ को महाधिवेशन प्रतिनिधि छनौट बारे एक प्रेस विज्ञप्ती जारी गर्दै पार्टीको निर्णय–निर्देशनविपरीत कथित प्रतिनिधि चयन रद्द गरेर विधिसम्मत् किसिमले प्रतिनिधिको चयन गर्न माग गरेका छन्।

उपाध्यक्ष डा. रावलले बुधबार प्रेस विज्ञप्ती जारी गरेर दशौ महाधिवेशनका लागि प्रतिनिधि चयनमा भइरहेको बेथिति भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

प्रतिनिधि चयनको कुनै विधिवत् प्रक्रिया बिना कैलाली क्षेत्र नम्बर २ का प्रतिनिधिको नाम धनगढीबाट घोषणा गरिएको भन्दै उनले आलोचना समेत गरेका छन्।

दसौं राष्ट्रिय महाधिवेशन स्वच्छ र निष्पक्ष किसिमले हुनुपर्छ भन्ने सबैको चाहना र पार्टीको आवश्यकता हो। तर यस्तो चाहना र आवश्यकताविपरीत कतिपय स्थानमा पार्टी सदस्यता वितरण, नविकरण तथा प्रतिनिधि चयनमा पार्टीको विधि, पद्धति र निर्णय विपरीतका क्रियाकलाप भएका छन् विज्ञप्तीमा उनले भनेका छन् बैठकमा कुरा राखे पनि त्यसको सुनुवाइ भएको छैन् ।

उनले कैलालीको निर्वाचन क्षेत्र नम्बर २ मा चरम स्वेच्छाचारी कार्य गरेर प्रतिनिधि छानिएको बताए । बिडम्बना, प्रतिनिधि चयनको कुनै विधिवत् प्रक्रिया बिना धनगढीबाट कथित प्रतिनिधिको नाम घोषणा गरिएको छ त्यसका विरूद्ध उक्त क्षेत्रका १२०० बढी पार्टी सदस्यहरूले हस्ताक्षर गरी पार्टीमा उजुरी समेत गरेको उनले बताएका छन्।

पार्टीले फुटको सामना गरिरहेको बेला उक्त प्रकारका क्रियाकलाप हुनु अत्यन्त दुःखद रहेको उनको भनाइ छ यसले पार्टीलाई गम्भीर क्षति पुर्‍याउँछ ।

एमाले कैलाली जिल्ला अध्यक्ष रतन थापा पक्षले बनाएका प्रतिनिधि विधानविपरीत र मनलाग्दी बनाइएको भन्दै बुधबार अर्को पक्षले पनि संगठित सदस्यको भेला गरेर प्रतिनिधि छानेको छ।

यो पनि पढ्नुस

https://anumodankhabar.com/2021/11/17/45750

https://anumodankhabar.com/2021/11/16/45717

https://anumodankhabar.com/2021/11/16/45711

https://anumodankhabar.com/2021/11/15/45688

https://anumodankhabar.com/2021/11/15/45682

https://anumodankhabar.com/2021/11/15/45676

https://anumodankhabar.com/2021/11/15/45673

https://anumodankhabar.com/2021/11/13/45651

https://anumodankhabar.com/2021/11/13/45645

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार