१४ बैशाख २०८१, शुक्रबार

एमालेको दशौं महाधिवेशन : रावलले ओलीलाई अध्यक्ष पदमा टक्कर दिने




धनगढी / नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावल चितवनमा हुने दशौ महाधिवेशनमा अध्यक्षको उम्मेद्धवार हुने भएका छन् ।

रावलले आइतबार दिउँसो काठमाडौंमा पत्रकार सम्मेलन गरेर अध्यक्षमा लड्ने घोषणा गरेका हुन ।

उनले आफ्ना प्रतिवद्धता पनि सो अवसरमा सार्वजनिक गरेका छन् ।

रावलले एससीसी ,भारतसंगका असमान सन्धीको पनि विरोध गरेका छन् । उनले एमसीसी परिमार्जन गरेर पारित गर्नुपर्ने, भारतसंगका असमान सन्धी खारेज गर्नु पर्ने बताए ।

वर्तमान अध्यक्ष केपीशर्मा ओली सर्वसम्मत अध्यक्ष हुने चर्चा भइरहदा रावलको उम्मेदवारी आएको छ ।

उनले ओलीलाई उमेरको परिपक्कता र आफैले फेरि अध्यक्ष पदमा दोहोरिदैन भन्ने ख्याल गरेर आफूलाई सहयोग गर्न पनि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार