१४ बैशाख २०८१, शुक्रबार

एमालेको प्रदेश अध्यक्ष दामोदर बनाउने सहमति




धनगढी / नेकपा (एमाले) को सुदूरपश्चिम प्रदेश अध्यक्षमा बैतडीका दामोदर भण्डारीलाई सर्वसम्मत गरिने भएको छ ।

सोमबार ललितपुरस्थित सो पार्टीका स्थायी समिति सदस्य लेखराज भट्ट सहितका केन्द्रीय सदस्यहरुको अनौपचारिक बैठकले भण्डारीलाई प्रदेश अध्यक्ष बनाउने सहमति गरेको हो ।

भण्डारी दुई पटक प्रतिनिधि सभा सदस्य, संघीय सरकारको अर्थराज्यमन्त्री र बैतडीमा १० वर्ष पार्टीको नेतृत्व समेत भइसकेकोले प्रदेशको जिम्मेवारी दिइनु पर्ने बताइएको छ ।

भण्डारी नवौं महाधिवेशनमा थोरै मतले केन्द्रीय सदस्यमा पराजित भएका थिए ।

भण्डारी नवौं महाधिवेशनमा थोरै मतले केन्द्रीय सदस्यमा पराजित भएका थिए । १० औं महाधिवेशन लगत्तै प्रदेश अध्यक्ष बनाउने सहमति भएपछि भण्डारी यसपटक केन्द्रीय सदस्यको उम्मेदवार नहुने भएका छन् स्रोत बताएको छ ।

सुदूरपश्चिमबाट केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने १७ जना केन्द्रीय सदस्यमध्ये अधिकांशको सो बैठकमा उपस्थिति रहेको स्रोतको भनाइ ।

स्रोतका अनुसार सो बैठक बारे केन्द्रीय उपाध्यक्ष डा. भीमवबहादुर रावल र उनीसित निकट झपटबहादुर रावल र प्रकाशबहादुर शाह भने सहभागी थिएनन् । बैठकमा अहिले अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गरिनेलाई मात्र बोलाइएको बताइएको छ ।

एमाले सम्वद्ध थप समाचार हेर्नुस

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार