१५ चैत्र २०८०, बिहीबार

कैलाली क्षेत्र नम्बर ४ मा एमालेका १० बुँदे पक्षधर पराजीत




अत्तरिया /
कैलाली क्षेत्र नम्बर ४ मा नेकपा एमालेको महाधिवेशन प्रतिनिधिका लागि भएको मतदानमा १० बुँदे पक्षधर पराजीत भएका छन् ।

पाँच खुल्लातर्फका प्रतिनिधिका लागि भएको मतदानबाट रामप्रसाद चौधरी १८०, गोदावरी नगरपालिकाका नगरप्रमुख समेत रहेका हरिसिंह साउँद १७५ , चुरेका गाउँपालिकाका अध्यक्ष धनबहादुर रोक्का मगर १७०, चुरकै पूर्वमाओवादी किसनसिंह साउँद विशाल १३६ र पदमसिंह सिंगाल १६८ मत पाएर विजयी भएका छन ।

सो निर्वाचनमा १० बुँदे पक्षधर मानिएका लोकेन्द्रबहादुर शाही ४१, भिष्मराज सुवेदी ५३ पराजीत भएका छन् । यस्तै सुरतवहादुर बिष्ट ३७ , रविन्द्रबहादुर राना २८ र इश्वरा आचार्य ४३ मत पाएर पराजीत भएका छन् ।

सोही क्षेत्रबाट दुई महिलामा गौरीगंगाबाट भागिरथी विष्ट र गोदावरीबाट निर्मला भट्ट निर्बिरोध चयन भएका छन् । उनीहरु दुवैजना अध्यक्ष ओली पक्षधर नै हुन । भट्ट स्थायी समिति सदस्य लेखराज भट्टकी पत्नी हुन ।

हरेक वडाबाट २० जना संगठित सदस्य वरावर एक जना प्रतिनिधि छनौट हुने व्यवस्था गरिए अनुसार निर्वाचनमा २ सय २८ जना प्रतिनिधिले महाधिवेशन प्रतिनिधिलाई मतदान गर्ने अधिकार पाएका थिए ।

२२८ मध्ये २१९ ले मात्र मतदानमा भाग लिएका थिए ।

एमालेमा सबै संगठित सदस्यले मतदान गर्न पाउने व्यवस्था विपरित एक वडाबाट २० जना वरावर एक प्रतिनिधि छानिएको थियो ।

सर्वसम्मत महाधिवेशन प्रतिनिधि हुन खोजेका सुदूरपश्चिम प्रदेशका पूर्व मन्त्री कृष्णराज सुवेदी भने महाधिवेशन प्रतिनिधिमा उठेनन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार