१३ बैशाख २०८१, बिहीबार

कैलाली क्षेत्र नम्बर २ एमालेमा चर्को विवाद अर्को पक्षले पनि महाधिवेशन प्रतिनिधि छान्दै



महाधिवेशन प्रतिनिधिका लागि दर्ता भएको उम्मेदवारको नामसूची

धनगढी / नेकपा (एमाले) को १० औ महाधिवेशनका लागि कैलाली क्षेत्र नम्बर २ बाट जिल्ला अध्यक्ष रतन थापाले निर्वाचन प्रक्रियाभन्दा बाहिर गएर एकलौटीरुपमा प्रतिनिधि छनौट गरेको भन्दै अर्को पक्षले निर्वाचनद्धारा प्रतिनिधि छान्ने भएको छ ।

बुधबार विहान १० हामीले भेला बोलाएका छौ । भेलाले सर्वसम्मतरुपमा वा निर्वाचनका माध्यामले प्रतिनिधि छनौट गर्न सक्छ सो पार्टीका प्रदेश कमिटी सदस्य तथा महाधिवेशनका प्रत्यासी महादेव वजगाईले बताए ।

महाधिवेशनका लागि ४३ जनाले उम्मेदवारी दर्ता गरिसकेको अवस्थामा एकलौटीरुपमा प्रतिनिधि छनौट गरिनु प्रक्रिया विपरितको काम हो वजगाईले भने त्यसैले हामी चुनाव भाग लिन्छौ ।

आफूहरुले निर्वाचन कमिटी, जिल्ला कमिटी, प्रदेश र केन्द्रलाई समेत उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भइसकेकोले निर्वाचन प्रक्रिया अगाडि बढाइ दिन आग्रह गरेको उनले बताए ।

निर्वाचन प्रक्रिया अगाडि बढाउनका लागि महाधिवशेन प्रतिनिधिका प्रत्यासी महादेव वजगाई, सूर्यबहादुर थापा, रुपबहादुर रावल, मनोज थ्यात,लालबहादुर बोगटी, विरेन्द्र रावल,खरप्रसाद अधिकारी,दलबहादुर रावल,बसुन्धरा भण्डारी,गंगा थापा, यज्ञराज ढुंगाना र दलबहादुर थापाले विभिन्न तहमा निवेदन दिएका थिए ।

एउटाले घोषणा गर्दा अर्को पक्षले भेला गरेर प्रतिनिधि छान्ने प्रक्रिया देशभर नै पहिलो घट्ना भएको अनुमान छ । भेला गर्नेहरु एमालेको १० बुँदे पक्षधर हुन ।

क्षेत्र नम्बर २ मा ६ खुला र तीन महिला प्रतिनिधि छानिने व्यवस्था छ ।

जिल्ला अध्यक्ष रतन थापाले आफू सहित डेजी पाण्डे, नरबहादुर खड्का, दलबहादुर विष्ट, गजेन्द्र स्वाँर, धर्म थापा, कमला ओली, टीका थापा र पदमपुरा थापालाई महाधिवेशन प्रतिनिधि छानिएको घोषणा गरेका छन् ।

एमाले बारे थप पढ्नुस

https://anumodankhabar.com/2021/11/16/45717

https://anumodankhabar.com/2021/11/16/45714

https://anumodankhabar.com/2021/11/16/45711

https://anumodankhabar.com/2021/11/15/45688

https://anumodankhabar.com/2021/11/15/45682

https://anumodankhabar.com/2021/11/15/45676

https://anumodankhabar.com/2021/11/15/45673

https://anumodankhabar.com/2021/11/13/45651

https://anumodankhabar.com/2021/11/13/45645

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार