१६ चैत्र २०८०, शुक्रबार

कैलाली क्षेत्र नम्बर २ र ३ मा पनि १० बुँदे पक्षधर एमालेहरु प्रतिनिधिबाट वञ्चित



धनगढी / नेकपा (एमाले) को १० औ महाधिवेशनका लागि कैलाली क्षेत्र नम्बर २ र ३ मा १० बुँदे पक्षधरलाई प्रतिनिधिबाट रोकिएको छ ।

क्षेत्र नम्बर २ बाट जिल्ला अध्यक्ष रतन थापा, डेजी पाण्डे, नरबहादुर खड्का, दलबहादुर विष्ट, गजेन्द्र स्वाँर (लल्लाकाजी) , धर्म थापा, कमला ओली, टीका थापा र पदमपुरा थापालाई महाधिवेशन प्रतिनिधि भएको घोषणा गरिएको छ ।

सो क्षेत्रबाट लम्कीचुहा नगरपालिका प्रमुख महादेव वजगाई र कैलाली जिल्ला समन्वय समितिका संयोजक सूर्यबहादुर थापा लगायतका दावेदार थिए ।

यस्तै क्षेत्र नम्बर ३ बाट रतन रेग्मी, मनराज शाही, नरेन्द्र बटाला, विष्णु चौधरी र छाया थापालाई महाधिवेशन प्रतिनिधि घोषणा गरिएको छ ।
क्षेत्र नम्बर ३ बाट घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरी समेत प्रतिनिधिका आकांक्षी थिए । उनलाई प्रदेश कमिटीबाट प्रतिनिधिमा लैजाने बताइएको छ ।

यसअघि कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचन प्रक्रियाबाट र क्षेत्र नम्बर ५ बाट सर्वसम्मति भन्दै महाधिवेशन प्रतिनिधि घोषणा गरेर आफूहरुलाई वञ्चित गरिएको १० बुँदे पक्षधरको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार