१४ बैशाख २०८१, शुक्रबार

सांसद झपट रावलले भने माथिबाट एमाले देख्दा मदन भण्डारी रुदै होलान




धनगढी / नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य झपटबहादुर रावलले माथिबाट अहिलेको एमालेका गतिविधि देख्दा मदन भण्डारी पनि रुदै होलान ।

उनले अनुमोदन खवरसंग कुरा गर्दे भने बहुदलिय प्रतिस्पर्धा हुनुपर्छ भनेर जवज प्रतिपादन गरेका मदनले माथिबाट एमालेका गतिविधि देखिरहदा पक्कै पनि रुदै होलान ।

एमाले पुरै विधि पद्धतिको उलंघन गरेर अघि बढिरहेको छ उनले प्रदेश बैठक बारे संकेत गर्दे भने कुनै व्यक्तीको लहडले बैठक हुन्छन् र ? खोइ म पनि केन्द्रीय सदस्य कुनै बैठक बारे जानकारी छैन् ।

बैठक कस्ले बोलाउने हो कस्ले बोलायो अन्तरपार्टी निर्देशन १२ हेर्न पनि केन्द्रीय सदस्य रावलले आग्रह गरे । एमाले क्लव वा कुनै कम्पनीको जस्तै हुन थाल्यो उनले चिन्ता व्यक्त गरे ।

रावलका अनुसार आफू लगायतका धेरैको संगठित सदस्यता समेत लम्की चुँहाबाट हटाइएको छ हाम्रो सदस्यता कता पठाइयो जानकारी नै छैन ।

उनले अहिले एमालेका सदस्य यस्ता छन कि उनीहरु नेपाली हुन कि चाइनिज कसैलाई थाहा छैन ।

उनले भने जवजले प्रतिस्पर्धा गर भन्छ तर धनगढीमा उपमहानगरमै प्रतिस्पर्धा गर्छु भन्ने चुडामणी भट्टलाई प्रतिस्पर्धा गर्न नै नदिएर एकलौटीरुपमा जवरजस्ती नगर कमिटी घोषणा गरियो ।

धनगढी नगरका जस्ता घट्ना देशभर भएका छन् उनले थपे सदस्यता विवादकै कारण अहिले धेरै नगर तथा गाउँ अधिवेशन भएका छैनन् , भएकाहरुमा पनि जवरजस्ती घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार