१० श्रावण २०८१, बिहीबार

सभापतिका लागि काँग्रेसका युवा नेता हरि रेग्मीले उम्मेदवारी घोषणा



रेग्मी भन्छन् एक घर एक काँग्रेस अभियान सञ्चालन गरेर पार्टीलाई उचाइमा पुर्याउछु

धनगढी/ नेपाली काँग्रेस कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को सभापतिका लागि काँग्रेसका युवा नेता हरि रेग्मीले उम्मेदवारी घोषणा गरेका छन् ।

बिहीबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरेर युवानेता रेग्मीले संघीय संसदीय निर्वाचन क्षेत्र नम्बर ५ कैलालीको क्षेत्रीय सभापतिका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।

उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै उनले आफू सभापतिमा निर्वाचित भएपछि एक घर एक काँग्रेस अभियान चलाउने दावी गरे । पछिल्लो पटक नेपाली काँग्रेसका हरेक इकाई निष्क्रिय रहेकोले बताउँदै उनले पार्टीमा युवाको आकर्षण बढाउन पार्टीका हरेक संरचनागत इकाईलाई क्रियाशिल बनाएर अघि बढ्ने बताए ।

नेपाली काँग्रेस परम्परागत तरिकाले अघि बढेकोले स्थानीय, प्रदेश र संघको निर्बाचनमा हार व्यहोरोको उनको भनाइ छ ।

नेपाली काँग्रेसलाई लोकतान्त्रिक विधि र पद्धतीबाट अघि बढाउन युवा नेतृत्वको खाँचो रहेकोले व्यक्तिगत भन्दा संरचनागत हिसाबले पार्टीलाई चलायमान बनाउन आफ्नो उम्मेदवारी रहेको युवा नेता रेग्मीले बताए ।

अहिले नेपाली काँग्रेस पार्टीमा आदेश दिएर पार्टी चलाउन खोजिएकाले पार्टीमा समस्या सृजना भइरहेको उनले बताए । पार्टी नेतामा गाउँमा जाँदा नेतालाई भेट्ने चलन रहेकोले आफू सो पदमा निर्बाचित भएपछि नेताभन्दा कार्यकर्तालाई भेटेर पार्टीमा युवा कार्यकर्ताको आकर्षण बढाउने उद्देश्य आफ्नो रहेको उनको भनाइ छ ।

आफ्नो क्षेत्रमा संघीय, प्रदेश र स्थानीय निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई जिताउन सक्रिय भएर आफू सधै क्रियाशिल रहने उनले बताए ।

लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय रहेका रेग्मी विद्यार्थीकालमा लोकप्रिय नेताकारुपमा स्थापित व्यक्ति हुन् । रेग्मी २०५३ सालमा कैलाली बहुमुखी क्यापसमा स्ववियु सभापतिमा लोकप्रिय मत ल्याएर निर्वाचित भएका थिए ।

हेर्नुस थप समाचार

नेपाली काँग्रेस धनगढीको सभापतिमा उपाध्याय निर्विरोध चयन

नेपाली काँग्रेसको महाधिवेशनः कैलालीमा तयारी तीब्र

नेपाली काँग्रेस महाधिवेशन : आजदेखि वडा अधिवेशन शुरु

काँग्रेसको पालिका अधिवेशन आज हुँदै

काँग्रेस १४ औं महाधिवेशन : कैलालीका पालिका अधिवेशनमा सभापतिमा को कहाँ भिड्दै

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार