१० श्रावण २०८१, बिहीबार

नेपाली काँग्रेसको महाधिवेशनः कैलालीमा तयारी तीब्र



धनगढी । नेपाली काँग्रेस कैलालीले आसन्न वडा अधिवेशनको तयारी तीब्र बनाएको छ । आगामी २७ गतेदेखि कैलाली सहित १३ जिल्लामा वडा अधिवेशन हुदैछ ।

काँग्रेस कैलालीले वडा सहित जिल्ला अधिवेशनका लागि तयारी तीब्र बनाएको छ । यसैबीच, अधिवेशन सम्बन्धी तयारीका लागि बुधबार कांग्रेस कैलालीले धनगढीमा बृहत भेला आयोजना गरेको थियो ।

जिल्ला अधिवेशन प्रचार प्रसार समितिका संयोजक नृप बहादुर सुनारका अनुसार बृहत भेलाले सो बैठकले अधिवेशनलाई भव्य तथा सभ्य, एकता, मेलमेलाप, सहमति, सहकर्य र सह अस्तित्वलाई आत्मा साथ गरि सबै प्रक्रिया बिबाद रहित ढंगले सम्पन्न गर्ने सहमति भएको बताए ।

‘अधिवेशनलाई सफल बनाउन निर्वाचन प्रतिनिधि टेक प्रसाद सुवेदीको सहभागितामा सबैसंग छलफल गरिएको हो’ उनले भने– ‘जिल्लाका सबै वडा र नगरमा निर्वाचन अधिकृतलाई खटाउन अभिमुखीकरण पनि गरिसकिएको छ ।’ उनले जिल्लाका पहाडी क्षेत्र तथा टाढा रहेका वडा तथा नगरमा बुधबारनै निर्वाचन अधिकृतलाई खटाइसकिएको बताए ।

‘दुर्गम क्षेत्रमा खटिएका निर्वाचन अधिकृतहरूलाई क्रियाशिल सदस्यको नामावली, मतपत्र लगायतका आवश्यक सामाग्री उपलब्ध गराई खटाइसकेका छौं’ उनले भने– ‘शुक्रबारसम्म सबै वडा र नगरमा निर्वाचन अधिकृत खटिएर काम शुरु गर्ने छन ।’

जिल्लाको एक सय २६ वडा र १३ वटै पालिकामा निर्वाचन अधिकृत खटाइरहेको बताए ।

बुधबार बसेको बैठकमा जिल्ला अधिवशेनका लागि खटिएका केन्द्रीय निर्वाचन प्रतिनिधि टेक प्रसाद सुवेदी, पार्टी केन्द्रिय सदस्य र आमन्त्रित केन्द्रिय सदस्य, पूर्व केन्द्रीय सदस्य, प्रतिनिधि सभा उम्मेदवार, पूर्व जिल्ला सभापति/प्रदेश सभा सदस्य, पूर्व साँसद, पूर्व जिविस सभापति/उपसभापति, जिल्ला पदाधिकारी, सदस्य, क्षेत्रीय सभापति, प्रदेश सभा सभापति, प्रदेश सभा उम्मेदवार, नगर, गाउँपालिका सभापति, नगर/गाउँपालिका प्रमुख/उपप्रमुख/अध्यक्ष/उपाध्यक्ष उम्मेदवार, भ्रातृ एवं शुभेच्छुक संस्थाका अध्यक्ष/सभापति लगायतको सहभागिता रहेको थियो ।

केन्द्रिय कार्यालयले जिल्लामा १४ महाधिवेशनको नयाँ कार्यतालिका कात्तिक २७ गते वडा, कात्तिक ३० गते पालिका अधिवेशन, मंसिर ३ गते प्रदेश सभा अधिवेशन मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन मंसिर १० गते जिल्लाको मिति तय गरेको थियो ।

यस अघि निर्वाचनलाई ब्यवस्थित गर्ने कार्तिक ६ गतेको जिल्ला कार्य सम्पादन समितिको निर्णय अनुसार पार्टी सभापती नर नारायण शाहको अध्यक्षतामा एक हजार पाँच सय एक सदस्यीय जिल्ला अधिबेशन मुल ब्यवस्थापन समिती गठन गरि सकेको छ । मुल समितिलाई सहयोग गर्न ११ जना सयोजक रहने गरि बिभिन्न समिती निर्माण गरिएको छ ।

जसमा आर्थिक ब्यवस्थापन समिती सयोजक शेर बहादुर देउवा, अधिबेशन प्रचार प्रसार समिती सयोजक– नृप बहादुर सुनार, स्वयंसेवक समिती सयोजक– कृष्ण पाण्डे, आवास ब्यवस्थापन समिति सयोजक–केशब मिश्र, भोजन ब्यवस्थापन समिती सयोजक–नारायण सत्याल, यातायात ब्यवस्थापन समिती सयोजक–टेकराज जोशी, प्राथमिक उपचार समिती सयोज– उत्तम जोशी, मच ब्यवस्थापन समिती सयोजक–पुरन चौधरी, अतिथी सत्कार समिती सयोजक–रेखा देवकोटा, सचिवालय ब्यवस्थापन समिती सयोजक– कमला शर्मा र निर्वाचन ब्यवस्थापन समिती सयोजक नवराज रावललाई तोकिएको छ । बैठकले जिल्ला अधिबेशनको स्थान मेनरोड धनगढीमा अवस्थित ओम प्यालेसमा गर्ने निर्णय गरि सकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार